८ भाद्र २०८३, सोमबार
,
Latest
‘खर्क नीति’ लाई समयसापेक्ष परिमार्जन गरी मुलुकको समृद्धिमा जोडौँः सांसदहरु विशेष महाधिवेशन पक्षधरले भ्रमको खेती फैलाए : कांग्रेस नेता खड्का हाम्रो समाजलाई प्रविधिको भन्दा नैतिकता, आचरण र इमान्दारीताको अलिक बढ़ी खाचोँ छ : राष्ट्रपति श्रममन्त्री यादवसँग राजदूत शामसीको भेट कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत तीन सय ६७ किलो गाँजासहित तीन पक्राउ बेनी–जोमसोम सडकमा पहिरोको उच्च जोखिम, तर छैन भरपर्दाे पूर्वचेतावनी प्रणाली मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का घाइते कैलाली–कञ्चनपुर पुगेर मन्त्री रावलको आग्रह : लालपुर्जा वितरणको काम तीव्रता दिनुस् पद्मा अर्यालको आरोप– ‘सरकार नागरिकका समस्या समाधानभन्दा प्रतिपक्षको विरोधमा केन्द्रित’
तपाईं के खोज्दै हुनुहुन्छ ?

होलीले सद्भाव र राष्ट्रिय प्रेम अझ प्रगाढ बनाउँछ : पूर्वराष्ट्रपति भण्डारी



अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले फागु पूर्णिमा अर्थात होलीले राष्ट्रिय प्रेमलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।

होलीको शुभकामना दिँदै पूर्वराष्ट्रपति भण्डारीले यो पर्वले सबैको जीवनमा आनन्द र खुशीको रंग भर्ने बताउनुभएको हो । उहाँले बालबालिकादेखि वृद्ध हरेक उमेर समूहले यो पर्व मनाउने गरेको समेत बताउनुभएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले शुभकामना सन्देशमा भन्नुभएको छ–

‘वसन्त ऋतुको मौसममा मनाइने रङ्गहरूको पर्व फागु पूर्णिमा (होली)को अवसरमा देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई हार्दिक मंगलमय शुभकामना । बच्चा देखि बृद्ध हरेक उमेर समूहले हर्षोल्लासका साथ मनाउने यो पर्वले सबैको जीवनमा आनन्द र खुशीको रङ्ग भर्दै आपसी सद्भाव र राष्ट्रिय प्रेमलाई अझै प्रगाढ बनाउनेछ भन्ने मेरो विश्वास छ ।