
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले फागु पूर्णिमा अर्थात होलीले राष्ट्रिय प्रेमलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।
होलीको शुभकामना दिँदै पूर्वराष्ट्रपति भण्डारीले यो पर्वले सबैको जीवनमा आनन्द र खुशीको रंग भर्ने बताउनुभएको हो । उहाँले बालबालिकादेखि वृद्ध हरेक उमेर समूहले यो पर्व मनाउने गरेको समेत बताउनुभएको छ ।
पूर्वराष्ट्रपति भण्डारीले शुभकामना सन्देशमा भन्नुभएको छ–
‘वसन्त ऋतुको मौसममा मनाइने रङ्गहरूको पर्व फागु पूर्णिमा (होली)को अवसरमा देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई हार्दिक मंगलमय शुभकामना । बच्चा देखि बृद्ध हरेक उमेर समूहले हर्षोल्लासका साथ मनाउने यो पर्वले सबैको जीवनमा आनन्द र खुशीको रङ्ग भर्दै आपसी सद्भाव र राष्ट्रिय प्रेमलाई अझै प्रगाढ बनाउनेछ भन्ने मेरो विश्वास छ ।