८ भाद्र २०८३, सोमबार
,
Latest
गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द बागमती प्रदेशसभा बैठक भोलि चालिस दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो राष्ट्रिय जुनियर टेनिसमा शास्वत र सुरेन्द्र च्याम्पियन स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु गरिमा हत्या प्रकरण दोषीलाई कठोर सजायको माग गर्दै माइतीघरमा प्रदर्शन प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



अ+ अ-

क्तपुर। अरनिको राजमार्ग खण्ड अन्तर्गत यहाँको मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरचोकमा आज ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

भक्तपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १८८४ नं को ट्रकले सोही दिशातर्फ जाँदै गरेको बा ३१ प ४४४ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक भक्तपुर नगरपालिका–६ बस्ने ३६ वर्षीय श्यामकृष्ण कायस्थको मृत्यु भएको प्रहरी वृत्त थिमिले जानकारी दिएको छ ।

प्रहरीले ट्रक चालक  सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–६ घर भई हाल मध्यपुरथिमि–३ सागबारी बस्ने ४७ वर्षीय चन्द्रलाल शाक्यलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।