१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी

भन्सार जाँच पासपछि अनुसन्धान नाममा व्यवसायीलाई दुःख नदिन सांसदहरुको जोड

भन्सार जाँच पासपछि अनुसन्धान नाममा व्यवसायीलाई दुःख नदिन सांसदहरुको जोड
अ अ+ अ-

काठमाडौँ । नाकाहरुमा भन्सार जाँचपासपछि पनि अनुसन्धान विभिन्न नाममा मालसमान ल्याउन व्यवसायीहरुलाई दुःख दिने गरिएको भन्दै यसलाई रोक्न सांसदहरुले माग गरेका छन् ।

बुधवारको अर्थ समिति बैठकमा भन्सार विधेयकमाथिको छलफलमा भाग लिने सांसदहरुले अनुसन्धानका नाममा मालबहाक गाडीहरुलाई गन्त्व्यसम्म जान नदिने पद्धतिको अन्त्य हुनुपर्ने बताउनु भयो । अर्थ समिति सभापति सन्तोष चालिसेले सरकारी संयन्त्रहरुले बाटोमै दुःख दिने पद्धति ठिक नभएको बताउनु भयो ।

उहाँले भन्नुभयो–‘भन्सार ऐनमा गलत गर्नेलाई नियन्त्रणमा लिने व्यवस्था हुन्छ नै । तर धेरै व्यापारीहरुले बाटोमै तीन दिनसम्म अनुसन्धानका लागि रोकिएको बताएका छन । २०० किलोमिटर फर्काएर लगेर पनि अनुसन्धान गरेको पाइयो । नियन्त्रणमा लिएपछि काराबाहीमा पर्ने तर बाटोमा रोक्नु हुँदैन ।’

एमाले सांसद सूर्यबहादुर थापा क्षेत्रीले सरकारी संयन्त्रहरु अनुसन्धानका लागि नियन्त्रणमा लिएमा २४ घण्टा भित्रै त्यसको जानकारी भन्सार विभागलाई दिनुपर्ने हालको प्रश्तावित व्यवस्थामा असहमति राख्नुभयो । उनले भन्नुभयो– ‘अनुसन्धानका लागि नियन्त्रणमा लिएमा २४ घण्टा भित्रै त्यसको जानकारी गराउने होइन, जानकारी दिएर मात्रै नियन्त्रणमा लिनुपर्छ ।’

उहाँले भन्सार जाँचपासपछि मालवाहक गाडीहरुलाई निर्वाध रुपमा गन्त्व्य ठाउँसम्म पुग्न दिनुपर्ने बताउनु भयो । बाटोघाटोमा दुःख दिने काम दिनु नहुने भन्दै यसका लागि कानूनी प्रवन्ध गर्नुपर्ने उहाँको भनाई छ । राजश्व सचिव दिनेश घिमिरेले राजस्व नोक्शानी समेत नहुने गरी व्यवासयीक वातावरण बनाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो–‘व्यवसायीक वातावरण कसरी बनाउने र सरकारी राजस्व नोक्शानी कसरी हुन नदिने धार यहाँ छ । भारतसहितका देशमा अभ्यास भइसकेको छ, भन्सारमा जाँचपास भइसकेपछि अरु कसैले हेर्न निमिल्ने, यदि सूचना आयो भने पनि बीचमा दुःख दिन पाइँदैन भन्ने अभ्यास भयो । डब्लूटिओले पनि गैर करजन्य अवरोध आइलाग्छ, त्यसले विजनेसको लागत बढाउने भएकाले त्यसले व्यापारमा सहजिकरण गर्दैन र गन्तव्यमै गएर अनुसन्धान गर्ने भन्ने उसको सिद्धान्त छ ।’

भन्सार विभागका महानिर्देशक महेश भट्टराईले अनुसन्धान गर्नुपर्ने भएमा अनुसन्धान गर्ने अधिकार प्राप्त निकाय भन्सार कार्यालय वा राजस्व अनुसन्धानले पक्राउ गरेमा २४ घण्टाभित्र महानिर्देशकलाई जानकारी दिने व्यवस्था राखिएको बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘राजश्व चुहावट सम्बन्धि सुचना आयो र तत्काल पक्राउ गर्नुपर्ने स्थीति आयो भने भन्सार विभागको महानिर्देशकको स्वीकृत लिएर गर्नुपर्ने व्यवस्था राखिएको हो । जरुरी परे तत्काल पक्राउ गरेर २४ घण्टा भित्र विभागमा जानकारी दिनुपर्ने प्रावधान समेत राख्न सकिन्छ ।’

नेपाली काँग्रेसका सांसद डा।प्रकाशशरण महतले जाँचपासका नाममा समेत विभिन्न दुःख दिने काम भएको बताउनु भयो । जाँचपास गर्दा जुनसुकै सिलबन्दी गरिएका वस्तुलाई पनि कब्जा गरेर नियन्त्रण लिनेबारे ख्याल गरिनुपर्ने बताउनु भयो ।

बुधवारको अर्थसमिति बैठकले भन्सार विधेकयमा रहेको अस्थायी निकासी गर्न दिइने बारेका व्यवस्थालाई अनुमोदन गरेको छ । यससँगै कुनै वस्तुको कच्चा पदार्थ प्रशोधन वा सोबाट कुनै वस्तु उत्पादन वा निर्माण गर्नको लागि वा कुनै वस्तु मर्मतको लागि वा अन्य कुनै उद्देश्यको लागि नगद धरौटी वा बैंक जमानत लिई अस्थायी निकासी गर्न कानून अनुसार भन्सार अधिकृतले अनुमति दिन सक्नेछन् ।

भन्सार विधेयकमा रहेको पैठारी गरिएको वस्तुमा खराबी देखिएको, जुन उद्देश्यका लागि पैठारी गरिएको हो परिपूर्ति हुन नसकेमा त्यस्तो वस्तु भन्सार अधिकृतले फिर्ता पठाउन सक्ने प्रावधानलाई समेत समितिले पारित गरेको छ ।