८ भाद्र २०८३, सोमबार
,
Latest
गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द बागमती प्रदेशसभा बैठक भोलि चालिस दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो राष्ट्रिय जुनियर टेनिसमा शास्वत र सुरेन्द्र च्याम्पियन स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु गरिमा हत्या प्रकरण दोषीलाई कठोर सजायको माग गर्दै माइतीघरमा प्रदर्शन प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु



अ+ अ-

बागमती। मदन भण्डारी लोकमार्गअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका–४ जुरेलीबजार नजिक आज बिहान अनियन्त्रित भई मोटरसाइकल दुर्घटना हँुदा एक जनाको मृत्यु भएको छ ।

हात्तीसुडेबाट ठूलोदमारतर्फ गइरहेको बा४०प ५३०६ नम्बरको मोटरसाइकल दुर्घटना हँुदा त्यसका चालक ३३ वर्षीय रुपक दियालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका दियालीलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक अर्यालले बताउनुभयो । रासस