२७ जेष्ठ २०८३, बुधबार
,
Latest
संसदको विद्यमान संकट समाधान गर्ने काम प्रधानमन्त्री र रवि लामिछानेको हातमा छः बादल कुलमान भन्छन्ः वागमती प्रदेशमा अब हामी सरकार बनाउँछौँ मिचिएको भूमि फिर्ता ल्याउन सरकारले ठोस पहल गर्नुपर्छ: कांग्रेस नेता आङदेङम्बे अब उप्रान्त संसदमा प्रधानमन्त्रीलाई खोजिँदैन, प्रधानमन्त्री भन्दा ठूलो मुलुकको समस्याबारे संसदमा छलफल गरौँः भीष्मराज आङदेम्बे खुश्बु ओलीलाई ज्यान मार्ने धम्कीबारे अनुसन्धान गर्ने गृहमन्त्री गुरुङको आश्वासन प्रधानमन्त्रीको बिबादित अभिव्यक्ति बारे सदनमा परराष्ट्रमन्त्री शिशिरको स्पष्टीकरण नेपाल–भारत सीमा व्यवस्थापन समूहको बैठक अगस्ट २०२६ मा हुने नेपालले भारतको भूमि मिचेको पुष्टि गर्न खोज्ने सांसद देखेर लज्जित छु : भीष्मराज आङदेम्बे प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’ सँग सम्बन्धित रहेको परराष्ट्रमन्त्री प्रष्टोक्ति प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्री खनालले संसदमा के दिए जवाफ ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

कसूरजन्य सम्पत्ति तथा साधन ऐनका प्रावधान मौजुदा अन्य कानूनसँग बाझिए’



अ+ अ-

पर्सा। कसूरजन्य सम्पत्ति तथा साधन (रोक्का, नियन्त्रण, र जफत) ऐन,२०७०का प्रावधान नेपालका मौजुदा अन्य विषयगत कानुनसँग बाझिएकाले सरलीकृत गर्नुपर्नेमा जोड दिइएको छ ।

कसूरजन्य सम्पत्ति व्यवस्थापन विभाग र जिल्ला प्रशासन कार्यालयको संयुक्त आयोजनामा आज यहाँ आयोजित ‘कसूरजन्य सम्पत्ति व्यवस्थापन सम्बन्धमा सरोकारवाला निकायसँगको अन्तरक्रिया र अभिमुखीकरण कार्यक्रम’ का वक्ताहरूले नयाँ बन्ने कानुन सरल र सहज हुनुपर्नेमा उल्टै असहज बनाइएको धारणा राखे ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले उक्त ऐनका केही प्रावधानले कसूरजन्य सम्पत्ति जिल्ला प्रशासन कार्यालयमा बुझाउनुपर्ने खालको अर्थ लाग्ने व्यवस्था रहेको बताउनुभयो । “भन्सार ऐन, २०६४ का प्रावधानमा समावेश गरिएका व्यवस्थाभन्दा कसूरजन्य ऐनका केही प्रावधान दोहोरो अर्थ लाग्ने गरी राखिएको छ”, उहाँले भन्नुभयो,“कानुनलाई समयानुकूल सरल र सहज बनाउँदै लैजानुपर्नेमा दोहोरो अर्थ लाग्ने खालका प्रावधान राख्नु उचित भएन, त्यस्ता व्यवस्थालाई सच्चाउन जरूरी छ ।’’

प्रमुख भन्सार प्रशासक लामिछानेले भन्सार कार्यालयमा हुने कसूरजन्य सम्पत्ति जिल्ला प्रशासन कार्यालयमा ल्याउने हो भने व्यवस्थापन गर्नका लागि छुट्टै खालको ठाउँ र कर्मचारीको दरबन्दी मिलाउनुपर्ने बताउनुभयो ।

डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत मन्जुर अहमदले कसूरजन्य ऐनका केही प्रावधानले वन ऐनअन्तर्गत काम गर्नसमेत अप्ठेरो पार्ने गुनासो गर्नुभयो । “यस ऐनअनुसार कसूरजन्य सम्पत्तिअन्तर्गतका काठ–दाउरालगायत सवारीसाधन जिल्ला प्रशासनमा ल्याउने हो भने व्यवस्थापनमा निकै जटिलता बढ्नेछ । यसतर्फ गम्भीर भएर ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक सुवास भट्टले पनि ऐनका केही प्रावधानले प्रहरी कार्यालयमा सङ्कलन भएका कसूरजन्य सम्पत्ति व्यवस्थापनमा थप जटिलता थप्नेतर्फ ध्यान दिन अनुरोध गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नयाँ बन्ने कानुनले जटिलताभन्दा पनि सहजता थप्नेतर्फ केन्द्रीत हुनुपर्ने बताउनुभयो । उहाँले पुराना कानुनका कमजोरीलाई नयाँ कानुनमार्फत सुधार्नुपर्ने बताउनुभयो । कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागका उपसचिव कृष्णप्रसाद शर्माले ऐनका प्रावधानको विषयमा कार्यपत्र प्रस्तुत गर्दै सरकारले लागू गरेको ऐनलाई कार्यान्वयन गरेर अघि बढ्न अनुरोध गर्नुभयो । उहाँले ऐनमा देखिएका केही गल्ती र कमजोरीलाई समयानुकूल परिवर्तन गर्दै लागिने बताउनुभयो ।

कसूरजन्य सम्पत्तिअन्तर्गत विशेष गरी प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्राप्त वा हासिल गरेका सम्पत्ति, चल–अचल सम्पत्ति र आर्थिक लाभलगायत र कसूरजन्य साधानअन्तर्गत कसूरसँग जोडिएका सवारीसाधन पर्दछन् । कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले काठमाडौँ उपत्यकामा तीन जिल्ला हेर्ने काम गर्दछ, भने मुलुकभरका अन्य ७४ जिल्ला प्रशासन कार्यालयले सोको अभिलेख विभिन्न सरकारी कार्यालयबाट राख्ने गरिएको छ । रासस




भर्खरै