२७ मंसिर २०८२, शनिबार
,
Latest
एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन- फोटो फिचर अमेरिकामा मौसमी फ्लु प्रकोपः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनप्रशासन क्याम्पसमा क्रान्तिकारी र नेविसङ्घबीच गठबन्धन, अनिकेत सभापतिका उम्मेदवार



अ+ अ-

काठमाडौँ। आगामी चैत्र ५ गते हुने स्ववियु निर्वाचनका लागि जनप्रशासन क्याम्पस बल्खुमा नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ), अखिल क्रान्तिकारी र नयाँशक्ति विद्यार्थी युनियनबीच गठबन्धन भएको छ ।

जसअनुसार अखिल क्रान्तिकारीका अनिकेत तिवारी सभापतिको उम्मेदवार हुनुभएको छ । तिवारी क्याम्पसको वर्तमान स्ववियु कार्यसमितिका उपसभापति हुनुुहुन्छ । प्रत्यक्षतर्फ नेविसङ्घले सचिव र कोषाध्यक्ष पद पाएको छ । जसमा विनोद ऐर र संयोगमणि अधिकारीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

प्रत्यक्षतर्फ अखिल क्रान्तिकारीले सभापतिसहित चारवटा सदस्य पद पाएको छ भने नेविसङ्घले सचिव, कोषाध्यक्ष सहित ३ सदस्य पाएको छ । त्यसैगरी नयाँशक्ति विद्यार्थी युनियनले एक सदस्य पद पाएको छ ।

त्यसैगरी एमाले निकट अनेरास्ववियूबाट अग्रबहादुर शाहीले सभापतिको उम्मेदवारी दिनुभएको छ भने शङ्खर दुबे सचिवको उम्मेदवार बन्नुभएको छ । त्यस्तै समानुपातिकतर्फ नेविसङ्घ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, नेकपा (एस) निकट अनेरास्ववियू, स्वतन्त्र विद्यार्थी समूह र राष्ट्रिय एकता विद्यार्थी युनियनले उम्मेदवारी दर्ता गराएका छन् ।

जनप्रशासन क्याम्पसले सार्वजनिक गरेको विवरणअनुसार समानुपातिकतर्फ ३२ जना र प्रत्यक्षतर्फ २२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।रासस