५ बैशाख २०८२, शुक्रबार
April 18, 2025 Friday

19.27°C

काठमाडौं

19.27°C

Kathmandu

Feels-like: 19.86

Wind: 1.03

Humidity: 100

तपाईं के खोज्दै हुनुहुन्छ ?

स्ववियु निर्वाचनको उम्मेदवारी दर्ता आज



अ+ अ-

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्सपमा आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै छ ।

प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन पत्र नामावली दाखिला गर्ने समय २७ फागुनको दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म तोकिएको छ । दुवै तर्फका उम्मेदवारको नामावली पनि आजै प्रकाशित हुनेछ ।

दुवै तर्फको उम्मेदवारको नामावली उपर दाबी विरोध गर्ने दिन २८ फागुनका लागि तोकिएको छ । सोही दिन नै दुवै तर्फको दाबी विरोध उपर छानबिन गरी उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ ।

फागुन २९ गते उम्मेदवारको नाम फिर्ता लिने र अन्तिम नामावली सार्वजनिक गरिने छ ।

मतदान चैत ५ गते बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म हुने छ ।