२ श्रावण २०८३, शनिबार
,
Latest
शान्ति प्रक्रिया र गणतन्त्र स्थापनामा डा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछः संयोजक दाहाल राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व र लोकतन्त्रको सजग पहरेदार गुमायो : सभापति थापा साना नदीमा आकस्मिक बाढीको जोखिम जनकपुरधाममा गुठीको जग्गा लिजमा दिएपछि विवादः स्थानीय र ओशो ध्यान केन्द्रबीच रस्साकस्सी भारतको ओडिसामा धार्मिक उत्सवका क्रममा भागदौड, धेरै घाइते पाकिस्तानको उत्तर–पश्चिमी क्षेत्रमा सुरक्षा फौजको कारबाही, २४ लडाकु मारिए उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट चीनको चोङकिङमा पहिरोः सात जनाको जीवितै उद्धार चीनको चोङकिङमा भीषण पहिरोः घरहरू पुरिए, सयौँ नागरिक फसेको आशङ्का अमेरिकाद्वारा इरान लक्षित पछिल्लो चरणको हवाई आक्रमण सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

कास्कीमा ४.३ म्याग्निच्युडको भूकम्प, मानिसहरु घरबाहिर निस्किए



अ+ अ-

काठमाडौं । कास्कीको साइमाराङ आसपास केन्द्रविन्दू भएर भूकम्प गएको छ । आज बिहान ४ बजेर ११ मिनेटमा भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले भूकम्पको तीव्रता ४.३ म्याग्निच्युड मापन भएको जनाएको छ ।

भूकम्पको धक्का कास्की र आसपासका जिल्लामा पनि महसुस भएको थियो । भूकम्प गएपछि मानिसहरु घर बाहिर निस्किएका थिए । भूकम्पले क्षति पुर्‍याए/नपुर्‍याएको जानकारी प्राप्त हुन सकेको छैन ।

गण्डकी प्रदेशमा तीन दिनको अवधिमा गएको यो तेस्रो भूकम्प हो । यसअघि फागुन २४ गते बागलुङ केन्द्रविन्दु भएर ४.१ र म्याग्दी केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

फागुन २४ गते नै चीनको तिब्बतस्थित सिगात्सेको दिङ्गी केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प जाँदा नेपालको केन्द्रीय राजधानी काठमाडौं सहितका जिल्लामा पनि धक्का महसुस भएको थियो ।