२ श्रावण २०८३, शनिबार
,
Latest
शान्ति प्रक्रिया र गणतन्त्र स्थापनामा डा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछः संयोजक दाहाल राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व र लोकतन्त्रको सजग पहरेदार गुमायो : सभापति थापा साना नदीमा आकस्मिक बाढीको जोखिम जनकपुरधाममा गुठीको जग्गा लिजमा दिएपछि विवादः स्थानीय र ओशो ध्यान केन्द्रबीच रस्साकस्सी भारतको ओडिसामा धार्मिक उत्सवका क्रममा भागदौड, धेरै घाइते पाकिस्तानको उत्तर–पश्चिमी क्षेत्रमा सुरक्षा फौजको कारबाही, २४ लडाकु मारिए उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट चीनको चोङकिङमा पहिरोः सात जनाको जीवितै उद्धार चीनको चोङकिङमा भीषण पहिरोः घरहरू पुरिए, सयौँ नागरिक फसेको आशङ्का अमेरिकाद्वारा इरान लक्षित पछिल्लो चरणको हवाई आक्रमण सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

पौडेलको अध्यक्षतामा ‘डिजिटल मिडिया अलायन्स’ गठन



अ+ अ-

काठमाडौँ । डिजिटल माध्यमबाट प्रकाशन तथा प्रसारण हुने सञ्चारमाध्यमका प्रतिनिधिहरूले ‘डिजिटल मिडिया अलायन्स’ ‘डिम्यान’ गठन गरेका छन् ।

आज गौतम बुद्ध जन्मस्थल लुम्बिनीबाट औपचारिक रूपमा डिम्यानम घोषणा गरिएको हो । केही दिनअघि दर्ता भएको अलाएन्सले अध्यक्ष मोहराज पौडेलको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति गठन गरेको थियो ।

उनका अनुसार अलायन्समा हाल डिजिटल सञ्चार माध्यममा सक्रिय मिडिया जोडिएका छन् । अन्य सञ्चारमाध्यमलाई अलाएन्समा जोड्दै लगिने छ । अलायन्सले डिजिटल मिडियाको हक हित र निष्पक्षताका लागि वकालत गर्ने अलायन्सका महासचिव युवराज कँडेलले बताए ।

अलायन्सले डिजिटल मिडियामा आबद्ध पत्रकारको क्षमता अभिवृद्धि र गुणस्तर वृद्धिका साथै डिजिटल मिडियाको संरक्षण तथा सम्वर्द्धनमा भूमिका खेल्ने उनले बताए ।

संस्थाको नेतृत्व सुनौलो नेपालका मोहराज पौडेलले गरिरहेका छन् भने उपाध्यक्षद्वयमा नेपाल वान एचडीका मोनिका सिंह र हुलाक सञ्चारका महेश पौडेल, महासचिवमा सिधाकुरा मिडिया नेटवर्कका युवराज कँडेल, सचिवमा राइट सञ्चारका अर्जुन विस्ट र कोषाध्यक्षमा लालीगुँरासका कमल चौलागाईं छन् ।

सदस्यमा आर्टिस्ट खबरका गोपीकृष्ण चापागाईं, अबाउट नेपालका नरेन्द्र महरा र सल्लाहकारमा सिटिजन एचडीका विजन दुवाडी छन् ।