२७ जेष्ठ २०८३, बुधबार
,
Latest
श्रमबजारका चुनौती सामना गर्न नीतिगत लचकतामा जोड प्रधानमन्त्री स्वयंले स्पष्टिकरण दिनुपर्ने श्रम संस्कृति पार्टीका अध्यक्ष राईको माग प्रतिनिधिसभा बैठकको गतिरोध अन्त्य बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा नष्ट वैदेशिक रोजगारीमा ठगी, चार जना पक्राउ अर्थसमितिमा बजेटबारे छलफलः सकारात्मक भए पनि कार्यान्वयनमा चुनौती अर्थमन्त्री वाग्लेलाई राप्रपा सांसद शाहीको प्रश्नः संसदीय छानबिन समिति गठन गर्न किन हिचकिचाहट ? सरकारी वेबसाइटहरू अब पहुँचमैत्री, सबै नागरिकका लागि डिजिटल सेवा सहज बनाइयो सुरक्षा कारण देखाउँदै अमेरिकाले केही विदेशी फुटबल अधिकारीलाई भिसा नदिएपछि विश्वकप तयारीमा थपियो विवाद दरबार हत्याकाण्ड पुनःछानबिन गर्ने निर्णयप्रति राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको स्वागत
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरतपुर वितरण केन्द्रमा विद्युत् चुहावट घट्दै



अ+ अ-

चितवन। भरतपुर वितरण केन्द्रअन्तर्गतको विद्युत् चुहावट घट्दै गएको छ  । चालु आर्थिक वर्षमा चुहावट पाँच दशमलव ६१ प्रतिशतमा झरेको वितरण केन्द्रले जनाएको छ ।

केन्द्र  प्रमुख रामु श्रेष्ठका अनुसार विगतमा चुहावट बढेकोमा अहिले विस्तारै घट्दै गएको छ । आर्थिक वर्ष २०७६/७७ मा १० दशमलव ७७, २०७७/७८ मा पाँच दशमलव ४८, २०७८/०७९ मा पाँच दशमलव ४९, २०७९/०८० मा सात दशमलव ६२ प्रतिशत रहेको चुहावट आर्थिक वर्ष २०८०/०८१ मा छ दशमलव ५२ मा रहेको थियो । यस आवमा भने यस विगत वर्षका भन्दा कम चुहावट भएको पाइएको श्रेष्ठले बताउनुभयो ।

चुहावट नियन्त्रणका लागि सचेता अभिवृद्धिलगायत विभिन्न कार्यक्रम गर्नाका साथै समाजमा साक्षरता बढेसँगै चुहावटमा कमी आएको उहाँको बुझाइ छ । विद्युत् चुहावटमा कमी आएसँगै ग्राहकको सङ्ख्या थपिएको छ ।

आर्थिक वर्ष २०७६/७७ मा ५७ हजार चार सय ६८ ग्राहक रहेको यस कार्यालयमा हाल ७२ हजार ८१ ग्राहक पुगेको छ । आर्थिक वर्ष २०७६/७७ मा १६ दशमलव दुई करोड युनिट विद्युत् खपत भएको यस केन्द्रले हाल २२ दशमलव तीन करोडभन्दा बढी विद्युत् बिक्री गर्दै आएको छ ।

पछिल्लो समय अनलाइन महसुल बुझाउने ग्राहकको सङ्ख्यासमेत बढ्दै गएको छ । आर्थिक वर्ष २०७६/७७ मा ३४ प्रतिशत ग्राहकले अनलाइनबाट विद्युत्  महसुल बुझाउने गरेकामा हाल ६२ प्रतिशत ग्राहकले अनलाइन विद्युत् महसुल बुझाउने गरेका छन् । रासस