२७ जेष्ठ २०८३, बुधबार
,
Latest
प्रधानमन्त्री स्वयंले स्पष्टिकरण दिनुपर्ने श्रम संस्कृति पार्टीका अध्यक्ष राईको माग प्रतिनिधिसभा बैठकको गतिरोध अन्त्य बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा नष्ट वैदेशिक रोजगारीमा ठगी, चार जना पक्राउ अर्थसमितिमा बजेटबारे छलफलः सकारात्मक भए पनि कार्यान्वयनमा चुनौती अर्थमन्त्री वाग्लेलाई राप्रपा सांसद शाहीको प्रश्नः संसदीय छानबिन समिति गठन गर्न किन हिचकिचाहट ? सरकारी वेबसाइटहरू अब पहुँचमैत्री, सबै नागरिकका लागि डिजिटल सेवा सहज बनाइयो सुरक्षा कारण देखाउँदै अमेरिकाले केही विदेशी फुटबल अधिकारीलाई भिसा नदिएपछि विश्वकप तयारीमा थपियो विवाद दरबार हत्याकाण्ड पुनःछानबिन गर्ने निर्णयप्रति राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको स्वागत राज्य व्यवस्था तथा सुशासन समितिको बैठक जेठ २८ गते बस्ने, कार्यान्वयन प्रगति र उपसमिति गठन…
तपाईं के खोज्दै हुनुहुन्छ ?

चैत १ गतेदेखि पुष्प मेला



अ+ अ-

काठमाडौँ। फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा आगामी चैत १ गतेदेखि २६ औँ पुष्प मेला (फ्लोरा एक्स्पो) आयोजना हुने भएको छ ।

‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिको लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ चैत १ गतेदेखि ४ गतेसम्म भृकुटीमण्डप प्रदर्शनी हलमा मेला आयोजना हुने एशोसिएसनले आज यहाँ पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।

आयोजकका अनुसार मेलामा ८२ वटा स्टल रहनेछन् । मेलामा पुष्प व्यवसायीहरूले उत्पादन गरेका विभिन्न फूल तथा बिरुवालाई विभिन्न विधामा प्रतिस्पर्धा गराइने छ, जसमा उत्कृष्ट हुनेलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

मेलामा पुष्प नर्सरी, पुष्प फर्म, पुष्पजन्य आपूर्तिकर्ता कम्पनी, व्यवसायी तथा विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहनेछ । व्यवसायीले मेलामार्फत आफ्ना उत्पादनको प्रचारप्रसार, बजार विस्तार तथा बिक्री वितरण गर्न सक्नेछन् । साथै, अन्य व्यवसायी तथा उपभोक्तासँग सम्पर्क विस्तार गर्ने अवसर पाउनेछन् ।

मेला संयोजक रामबहादुर तामाङले मेला अवधिमा करिब ६० हजार मानिसले अवलोकन गर्ने र करिब रू एक करोड बराबरको कारोबार हुने अनुमान गरिएको बताउनुभयो । रासस