५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

बुटवल लकडाउन : सङ्क्रमितको मनोवल बढाउन घरदैलो

बुटवल लकडाउन : सङ्क्रमितको मनोवल बढाउन घरदैलो
अ+ अ-

बुटवल । कोरोना भाइरस सङ्क्रमितको मनोवल बढाउन बुटवल उपमहानगरपालिकाले घरदैलो कार्यक्रम थालनि  गरेको छ । भाइरसको सङ्क्रमण समुदायमा बढदो अवस्थामा रहेको जनाइएको छ । सङ्क्रमण नियन्त्रणका लागि उपमहानगरपालिकाले नगर क्षेत्रमा पूर्णरुपले बन्दाबन्दी ९लकडाउन० जारी गरेको छ । 

कोरोना सङ्क्रमितहरु उपमहानगरले सञ्चालन गरेका आइसोलेशनमा बसेर स्वास्थ्य लाभ गरिरहेका छन् । यसका अतिरिक्त लक्षण नदेखिएका सङ्क्रमित र कन्ट्रयाक टे«सिङमा परेकाहरुलाई समेत सुरक्षित तरिकाले होम आइसोलेशनमा राखिएको छ ।

होम आइसोलेशनमा राखिएका  सङ्क्रमित र तिनका परिवारलाई भेट्न उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी घर घरमा पुग्नुभएको छ । उहाँले सङ्क्रमितको मनोवल बढाउन स्वास्थ्य सावधानीका उपायको जानकारीसहितको स्वास्थ्य लाभको पत्र र आयुर्वेद औषधि समेत लिएर सङ्क्रमितका घरमा भेटघाट थाल्नुभएको छ ।

विभिन्न परिस्थितिमा सङ्क्रमित  हुन पुगेका र स्वास्थ्य सावधानी सहित होमआइसोलेशनमा बसेहरुलाई घरदैलोमै पुगेर स्वास्थ्यलाभको कामना गरिएको  उहाँले बताउनुभयो । उहाँले भेटघाट गर्ने क्रममा सुरक्षा सावधानी अपनाएको र अरुलाई पनि अपनाउन अपील गर्नुभएको छ । 

नगरप्रमुख सुवेदीले बुधबार नगर क्षेत्रका विभिन्न २६ स्थानमा रहेको होम आइसोलेनका सङक्रमितलाई घरमै पुगेर भेटघाट गर्नुभएको उपमहानगरपालिकाले जनाएको छ । यसक्रममा समुदाय स्तरमा सचेतनाका पत्र र सावधानीका उपायका बारेमा समेत सुरक्षा प्रवन्धसहित जानकारी गराउने गरिएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताउनुभयो ।

होम आइसोलेशनमा घरमा सुरक्षित रुपमा बसिरहेका बेलामा गेटमा एक्कासी मेयरसहतिको टोली ओखतीको पोको बोकेर आउदा एकदमै खुशी लागेको बुटवल–११, का एक सङक्रमित पुरुषले जानकारी दिनुभयो । उहाँले यस्तो अभियानले हरेक सङक्रमितको मनोबल उँचो बताउनुभयो । 
नगर प्रमुखसहित प्रमुख प्रशासकीय अधिकृत  शर्मा, होम आइसोलेशन रहेका सम्बन्धित वडाका अध्यक्षहरु रामचन्द्र क्षेत्री, नारायणप्रसाद पुन र उपमहानगरको स्वास्थ्य शाखाका प्रमुख कुन्दनकुमार सिंहसहितको टोलीले सुरक्षा प्रबन्धसहित सङक्रमितको स्वास्थ्य लाभको कामना गर्न होम आइसोशनमा पुग्नुभएको हो ।

बुटवलमा मात्रै बुधबारसम्म एक सय २७ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ । ती  मध्ये केही त बुटवल उपमहानगरपालिकाकै कर्मचारीसमेत छन् । उनीहरु सबै आइसोलेशनमा राखिएका छन् भने उनीहरुको परिवारमा पनि परीक्षण भइरहेको छ । 

उपमहानगरपालिकाले पछिल्लो समयमा बजारको भीड नियन्त्रण गर्न समेत नयाँ मापदण्ड बनाएर कडाई गरिरहेको छ । सचेतनाका कार्यक्रम र टोलटोलमा स्वयंसेवक समेत परिचालन गर्दै नियन्त्रणका काम प्रभावकारी बनाउन लागिएको नगर प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिनुभयो ।