५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

मैले हारेको छैन, झन मनोबल दरो भएको छ –कोरोना संक्रमित नर्स सिम्रन तिवारीको आत्मबल

मैले हारेको छैन, झन मनोबल दरो भएको छ –कोरोना संक्रमित नर्स सिम्रन तिवारीको आत्मबल
अ+ अ-

काम गर्दै गर्दा कोरोना संक्रमित भएछु, स्वास्थ्य लाभको कामना गर्नुहुने सबैमा धन्यवाद । म एक नर्स म आफ्नो पेशामा गर्ब गर्छु। मलाइ थाहा छ कि म केवल प्रमाणपत्र का लागि मात्र पढेको होइन जस्तोसुकै अवस्थामा पनि बिरामिको सेवा गर्न सकु र गर्छु भनेर नर्स पेशा अगालेको हु।

आफ्ना ब्यक्तिगत कुराहरुलाइ त्यागेर निरन्तर रुपमा बिरामीको सेवामा लागिरहेको पनि केहि वर्ष भैसकेछ । काम गर्दै गर्दा यो अवस्था आउँछ होला भन्ने सोचेका थिएनौ । तर एक्कासि सन्सारलाइ नै तर्साउने गरि कोरोना भाइरस फैलियो। कयौ देशहरुमा हजारौ नागरिकको ज्यान गयो। 

बिस्तारै अवस्था जटिल बन्दै गयो। बिस्तारै संक्रमितहरु नेपालमा पनि देखिन थाल्यो। तर कहिल्यै हतोत्साहित नभै निरन्तर आफ्नो कर्ममा लागिरहे मैले सोचेकि म एकजना नर्सले गार्हो हुने भयो म संक्रमित हुन्छु कि भनेर आफ्नो काम छोड्ने हो भने हालत के होला। भन्ने सोचेर अग्रजहरुको सल्लाह सुझाबलाइ ग्रहण गर्दै काममा लागिरहे !

घरमा बुवा आमा भाइ बहिनीलाई आफैले सम्झाए, म मा मात्र सिमित छैन बाबा ममि मैले समाजका लागि काम गर्नु पर्छ, म यतिखेर घरमा काम नगरि बस्ने हो भने मैले नर्स पेसा अगालेको अर्थ हुदैन, न आतिनु म  सुरक्षित भएर बिरामिको सेवा गर्नेछु भनेर घर परिवारलाइ सम्झाउदै आफ्नो कर्ममा लागिरहे ।

कयौ रात बाबा ममी निदाउनुभएको छैन कतै छोरी संक्रमित त हुने होइन भनेर भोलि समाजले के भन्ला, छि छि र दुर गर्ला भन्ने चिन्तामा परिवार हुनु हुन्थ्यो । केहि दिन अगाडी अस्पतालमा उपचार गरिरहनुभएका बिरामिमा  कोरोना पोजेटिभ भयो रे भन्ने सुने उहाँहरुलाई  सधै हामीले रेखदेख गरिरहेका हुन्थ्यौं ।

एक्कासि त्यस्तो सुनेपछि एकछिन त अनेक कुरा सोच्न पुगेछु ।पछि आफुलाइ समाले त्यसपछि हामिलाइ छुटै ठाउँमा राखियो ।त्यसको पर्सि पल्ट म लगायत हामी साथीहरूको कोरोना परिक्षणका लागि स्वाब लगियो । नभन्दै हाम्रो रिपोर्ट पनि पोजेटिभ आयो। एकछिन तनाबमा रहें, कसरी घरमा भन्ने होला, अब के हुने हो भन्ने भयो। म आफूलाई समाजले म आज कमजोर महसुस गरे पनि मेरो परिवारलाई चिन्ता हुन्छ । समाजलाई चिन्ता पर्छ मैले मनोबल धरो बनाउनुपर्छ भन्ने सोचेर अहिले आफ्नो मनोबल उचो बनाएर मैले यो रोगलाई परास्त गर्छु भन्ने आत्म बिश्वास लिएको छु फेरि परास्त गर्छु पनि। 

आज मलाइ गर्ब छ, म आत्तिएकी छैन । बिरामीको सेवा गर्दा म कर्म पुरा गर्दा म संक्रमित भएकी हुँ । हामी संक्रमितलाई समाजले हेर्ने नजर राम्रो बनोस्। हामीले रोग रहरले सारेका हैनौ। आफ्नो जिम्मेवारि पुरा गर्दा हो। पहिला नै हामी डराएर बिरामीको सेवा नगरेको भए बिरामीको अवस्था के हुन्थ्यो । सबैको सोच सकारात्मक बनोस्। संक्रमित नर्स डाक्टर सुरक्षाकर्मी लगायत आम नागरिकलाइ शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु। हाम्रो स्वास्थ्य लाभको कामना गर्नुहुने हाम्रो केयर गर्नुहुने अस्पताल प्रशासन, डाक्टर, नर्स, परिवार, साथी भाइ, आफन्तजन, समाजका सबै नागरिकहरु प्रति अस्पतालको बेडबाट धन्यवाद ब्यक्त गर्दछु। सन्चो भएसि उहि मनोबलका साथ हजारौ बिरामीको सेवा गर्नेछु। मलाइ नर्स हुनुमा गर्ब छु। 

बाबा मामु न आत्तिनु हजुरको छोरी झन मनोबल धरो बनाएर रोगलाइ परास्त गरेर कर्ममा फर्किन्छे। 

म हारेको छैन झन म मा मनोबल धरो भएको छ ।