५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

काँग्रेसले भन्यो- निषेधाज्ञामा भ्रष्टाचार, सत्ताद्वन्द्व र प्रधानमन्त्रीका हलुका टिप्पणी पनि निषेध रहुन्

काँग्रेसले भन्यो- निषेधाज्ञामा भ्रष्टाचार, सत्ताद्वन्द्व र प्रधानमन्त्रीका हलुका टिप्पणी पनि निषेध रहुन्
अ+ अ-

काठमाडौं । कोरोनाको बढ्दो संक्रमणका कारण देशको आधाभन्दा बढी भू–भागमा यतिबेला लकडाउन देखि निषेधाज्ञासम्म जारी रहेको भन्दै प्रमुख प्रतिपक्षी काँग्रेसले  देशको राजधानी काठमाडौ उपत्यका निषेधाज्ञाका कारण एक ढंगले ठप्प स्थितिमा रहेको र यसले समग्र जन जीवनलाई कष्टकर बनाएकोले सरकारले यस विषयमा गम्भीर बन्न भनेको छ । 

काँग्रेसले नियमित जीवनमा ब्यवधान ब्यहोरेर जनताले कोरोना विरुद्धको संघर्षलाई साथ दिइरहेका छन् भन्दै ‘सरकारमा संगै नरहेर पनि संकटमा संगै लड्न सकिन्छ भन्ने मान्यता पुनः दोहो¥याउंदै नेपाली कांग्रेस कोरोना विरुद्धको संघर्षमा संयम, सशक्तता र एकताका लागि सरकार र समुदायमा हार्दिक अपील गरेको छ । 

काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, लकडाउन या निषेधाज्ञा आफैमा समाधान होइनन्, भन्ने पुष्टि हाम्रै निकट अतीतको एकसय बीस दिन लामो लक डाउनले गरिसकेकै छ । केवल रक्षात्मक रणनीति मात्रै हुन् लक डाउन र निषेधाज्ञा । कोरोना विरुद्धको संघर्षलाई चुस्त बनाउन यो स्थितिको उपयोग गर्ने अधिकतम क्षमता अब सरकारले प्रस्तुत गर्न सक्नुपरेको छ । 

उनले भनेका छन्, नेपाली कांग्रेस आग्रह गर्दछ— विगतमा गरिएका कमजोरी र गल्तिहरुबाट पाठ सिकेर युद्धस्तरमा कार्य गर्ने स्थितिको विकास हाल जारी निषेधाज्ञाको समयमा गरियोस् ।

चैत्र महिना देखि सवासय दिनसम्मको लक डाउनमा देशले कोरोना विरुद्धको संघर्ष भन्दा सत्ताको द्वन्द्व, भ्रष्टाचार र प्रधानमन्त्रीका हलुका एवं विवादास्पद अभिव्यक्तिहरु बढी सुन्यो, देख्यो र भोग्यो । निषेधाज्ञाको अबको चरणमा यी बिषयलाई निषेध गरेर अघि बढ्ने इच्छाशक्ति र सामथ्र्य देशले खोजेको छ, सो विज्ञप्तिमा भनिएको छ । 

सो विज्ञप्तिमार्फत काँग्रेसले प्रतिकुल वातावरण विच फ्रन्ट लाइनमा कार्य गरिरहेका स्वास्थकर्मी देखि सफाइकर्मी सम्म अनि सुरक्षा ब्यवस्थापन सम्हालिरहेका सुरक्षाकर्मी देखि सूचना सम्प्रेषण गरिरहेका संचारकर्मी सम्मलाई उच्च सम्मान गर्दै नेपाली कांग्रेस उहाँहरुका लागि आवश्यक पर्ने भौतिक सामग्री देखि मनोबैज्ञानिक सहजता सम्मको सम्पूर्ण सहजीकरणमा कुनै सम्झौता नगरी कार्य गर्न सरकारलाई अपील र आग्रह गरेको छ । 

निषेधाज्ञा लम्बिन सक्ने स्थितिमा श्रमिक, बिद्यार्थी, बेरोजगार युवा, एकल महिला, अपांगता भएका नागरिक आदिलाई हातमुख जोर्न संकट पर्न सक्ने अवस्था आउनेछ भन्दै सो विज्ञप्तिमा त्यसबारेमा समयमै दृष्टी र योजना निर्माण गरिराख्नु जिम्मेवार राज्यको कर्तव्य रहेकोले नेपाली कांग्रेस ती सबै बर्ग र समुदायका तर्फबाट सरकारलाई यसबारे आवश्यक ध्यानाकर्षण गराउन चाहन्छ भनिएको छ।