२७ जेष्ठ २०८३, बुधबार
,
Latest
श्रमबजारका चुनौती सामना गर्न नीतिगत लचकतामा जोड प्रधानमन्त्री स्वयंले स्पष्टिकरण दिनुपर्ने श्रम संस्कृति पार्टीका अध्यक्ष राईको माग प्रतिनिधिसभा बैठकको गतिरोध अन्त्य बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा नष्ट वैदेशिक रोजगारीमा ठगी, चार जना पक्राउ अर्थसमितिमा बजेटबारे छलफलः सकारात्मक भए पनि कार्यान्वयनमा चुनौती अर्थमन्त्री वाग्लेलाई राप्रपा सांसद शाहीको प्रश्नः संसदीय छानबिन समिति गठन गर्न किन हिचकिचाहट ? सरकारी वेबसाइटहरू अब पहुँचमैत्री, सबै नागरिकका लागि डिजिटल सेवा सहज बनाइयो सुरक्षा कारण देखाउँदै अमेरिकाले केही विदेशी फुटबल अधिकारीलाई भिसा नदिएपछि विश्वकप तयारीमा थपियो विवाद दरबार हत्याकाण्ड पुनःछानबिन गर्ने निर्णयप्रति राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको स्वागत
तपाईं के खोज्दै हुनुहुन्छ ?

नमोबुद्धमा ‘श्रमको सम्मान–राष्ट्रको अभियान’



अ+ अ-

काभ्रेपलाञ्चोक। प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकामा ‘श्रमको सम्मान–राष्ट्रको अभियान’ सञ्चालन गरिएको छ ।

नगरले कार्यक्रमअन्तर्गत योजना सञ्चालनपूर्व स्थानीय उपभोक्ता समितिलाई अभिमुखीकरण सम्पनन गरेको छ भने सञ्चालित योजनाको नियमित अनुगमन गरिएको जनाएको छ । नगर रोजगार सेवा केन्द्रले रोजगार व्यक्तिको सूचीमा दर्ता हुने आवेदन प्रक्रिया र समय तथा प्रधानमन्त्री रोजगार कार्यक्रमसम्बन्धी विविध पक्षको जानकारी तथा अभिमुखीकरण गरेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सञ्चालन गर्दै आएको उक्त रोजगार कार्यक्रममा नगरभित्र बसोबास गर्ने १८ देखि ५९ वर्ष उमेर समूह, स्थानीय जनप्रतिनिधि, नागरिक समाज, वडा समिति, स्थानीय निर्देशक समिति तथा अन्य सरोकारवालाको सहभागितामा ११ वटै वडामा अभिमुखिकरण गरिएको केन्द्रका संयोजक अमृत खनालले जानकारी दिनुभयो ।

खनालका अनुसार कार्यस्थलमा आधारित सीप विकास तालिम सञ्चालानार्थ तालिम प्रदायक छनोट भई ४० बेरोजगार सूचीमा सूचीकृत व्यक्तलाई आउँदो चैत २ गतेबाट प्लम्बर र डकर्मीसम्बन्धी तालिम सञ्चालन गरिने छ । यसअघि नगरभित्रका विभिन्न वडामा साझेदारीमा वडागत योजनामार्फत ६५ बेरोजगार व्यक्तिलाई एक सय दिनको रोजगारी प्रदान गरिएको केन्द्रले जनाएको छ । रासस