६ बैशाख २०८२, शनिबार
April 19, 2025 Saturday

20.27°C

काठमाडौं

20.27°C

Kathmandu

Feels-like: 20.52

Wind: 1.03

Humidity: 83

तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै



अ+ अ-

काठमाडौं । तराई मधेश जारण अभियान स्थगित गरेको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । अहिले केहीबेरमा बैठक बस्ने तयारी छ ।

बैठकमा नेताहरूको जिम्मेवारी, तराई–मधेश जागरण अभियानको अहिलेसम्मको समीक्षा, आगामी चैत ५ गतेका लागि तय भएको स्ववियु निर्वाचनको तयारी तथा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने छ ।

फागुन १२ गते झापाको कचनकवलबाट तराई–मधेश जागरण अभियान सुरु गरेको माओवादी राजावादीहरूको गतिविधि बढेपछि अभियान स्थगित गरेर काठमाडौं केन्द्रित भएको छ । अभियान रोकेर नेताहरू काठमाडौं आइसकेका छन् । अभियान चैत ७ गतेसम्मका लागि तय भएको थियो ।