८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

सांसद तोशिमाको जिकिर- पुराना दलबाट आश गर्नु र गोरु ब्याउनु उस्तै हो !

सांसद तोशिमाको जिकिर- पुराना दलबाट आश गर्नु र गोरु ब्याउनु उस्तै हो !
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोशिमा कार्कीले अब प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीका लागि लड्नुपर्ने बेला आएको बताउनुभएको छ । उहाँले ३३ वर्षदेखि सत्तामा हालीमुहाली गरिरहेका दल र तिनका नेताहरु असफल भइसकेको दाबीसमेत गर्नुभएको छ ।

राजावादीहरुले काठमाडौंमा ठूलो संख्यामा सहभागी भएर प्रदर्शन गरेपछि रास्वपाकी सांसद कार्कीले सामाजिक सञ्जालमार्फत् विगतदेखि सत्तामा हालीमुहाली गर्दै आएका दलहरु असफल भएको बताउनुभएको हो ।

उहाँले भ्रष्ट मानसिकता भएका र जनताको करमा आफ्ना आसेपासे र कार्यकर्तालाई पोस्ने आचरण भएका यिनै पुराना दलहरू नै अझ पनि सत्तामा रहिरहने हो भने गणतन्त्र आओस् या राजतन्त्र आओस् जनताले दु:ख पाइनै रहने उल्लेख गर्नुभएको छ । यो देशमा व्यवस्था परिवर्तनको नाममा नेपाल आमाको अस्मिता माथि खेलबाड भइरहेको उहाँको भनाइ छ ।

सांसद कार्कीले लेख्नुभएको छ –

हामीले सुरुवाती दिनदेखि भन्दै आएको भाष्य स्थापित भएको छ । अन्तत: यो समाजले, यो अवस्थाले, जनताले अनि राष्ट्रले पनि अब बुझ्दै आएको छ । विगत ३३ वर्षदेखि सत्ताको हालीमुहाली गरिरहेका दलहरू र तिनका नेताहरू असफल भएको कुरा छर्लङ्ग भएको छ ।

यिनीहरूबाट देश बन्दैन त्यसैले यिनीहरूलाई पदस्थापना गरी सुशासन सहितको भ्रष्टाचार मुक्त मुलुक बनाउनुपर्छ भन्ने अठोटका साथ वैकल्पिक राजनीति गर्न हामी आएका हौँ । राष्ट्रिय स्वतन्त्र पार्टी जन्मनुको औचित्य नै यही थियो र हो । समाजले बुझ्दै गएको छ, अब पनि यिनीहरूबाटै आश गर्नु र गोरु ब्याउनु उस्तै हो । तर यिनीहरूलाई हटाएर मात्र पनि हामीले चाहेको जस्तो काम गर्न सक्छौ जस्तो लाग्दैन । किनभने कर्मचारी–पुलिस देखि सबै संघ–सन्स्थामा यिनीहरुकै आसेपासे छन् ।

साँच्चै परिवर्तन गर्ने नै हो भने निर्वाचन प्रणाली र त्यसमा पनि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था ल्याउनुपर्छ । र कार्यकारी प्रमुखको रूपमा रही उसको मन्त्रिपरिषद्ले देश हाँक्नुपर्छ । यो देशमा अहिलेको अवस्थाको संघीयता घाँडो भयो, यसमा फेर बदल र परिवर्तन आवश्यक छ र त्यसमा पनि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्नैपर्छ भनि स्थापना कालदेखि नै राष्ट्रिय स्वतन्त्र पार्टीले भन्दै आएको छ र हाम्रो पहिलो राष्ट्रिय भेलामा मार्फत आमजनता माझ हामीले यो धारणा स्पष्ट राखेर अपिल समेत गरिसकेका छौं ।

यिनै भ्रष्ट मानसिकता भएका र जनताको करमा आफ्ना आसेपासे र कार्यकर्तालाई पोस्ने आचरण भएका यिनै पुराना दलहरू नैअझ पनि सत्तामा रहिरहने हो भने गणतन्त्र आओस् या राजतन्त्र आओस् जनताले दु:ख पाइनै रहनेछन् । यो देशमा व्यवस्था परिवर्तनको नाममा नेपाल आमाको अस्मिता माथि खेलबाड भइरहनेछ ।

हो निर्वाचन मार्फत नै, अब यी पुराना दलका भ्रष्ट नेतृत्वहरूको समग्र रूपमा विकल्प खोज्ने बेला आएको छ । जबसम्म भ्रष्ट मानसिकता भएकाहरु मन्त्रिमण्डलमा बसिरहन्छन्, ठेक्कापट्टा मिलाउँछन्, जनताको करले आफ्नो दुनो सोझ्याउँछन् तबसम्म राजा आए पनि गणतन्त्र आए पनि देश बन्दैन । त्यसैले राजा चाहिन्छ या चाहिँदैन वा राजा को बन्ने या नबन्ने भन्ने बहसमा अल्मलिनु भन्दा पनि देशको लागि अझ एक कदममाथि उठेर यो देश बनेको हेर्न चाहने तपाईँ हामी सबै मिलेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था ल्याउनको लागि लड्ने बेला आएको छ । यति मात्र नभई अब गाउँ गाउँ, बस्ती बस्ती, टोलटोल, वडा वडा, जिल्ला जिल्लाबाट सफल नेतृत्व पहिचान गर्ने र जनताको सरकार बनाउने बेला आएको छ । यो एजेन्डाको लागि म र मेरो पार्टी– राष्ट्रिय स्वतन्त्र पार्टी सँधै थियो,छ, रहनेछ ।