८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

पूर्वराजा हौसिँदा गणतन्त्रवादी थर्कमान, व्यवस्थामाथि किन उठ्यो प्रश्न ?

पूर्वराजा हौसिँदा गणतन्त्रवादी थर्कमान, व्यवस्थामाथि किन उठ्यो प्रश्न ?
अ अ+ अ-

काठमाडौं । राजावादीहरुले गरेको शक्ति प्रदर्शनपछि पूर्वराजा ज्ञानेन्द्र शाह हौसिएका छन् । जबरजस्ती सत्ताबाट बाहिरिएका पूर्वराजा ज्ञानेन्द्र पुन: शक्ति आर्जन गर्दै राजगद्धी समाल्ने योजनामा छन् । उनले पछिल्लो समय त्यसको प्रयासस्वरुप जनतालाई उकास्ने काम गरिरहेका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शानका साथ सडकमा उत्रिएका छन् । त्यही बेला गणतन्त्रवादी नेताहरु भने उनको अभियानलाई लिएर आक्रमक ढंगले प्रस्तुत हुन थालेका छन् । आपसमा आरोप/प्रत्यारोप गरिरहेका सत्ता र प्रतिपक्ष दलका नेताहरु शाहको सक्रियतालाई लिएर एकठाउँमा आएका मात्रै छैनन्, एउटै आवाजमा प्रतिरोधसमेत गरिरहेका छन् ।

गणतान्त्रिक व्यवस्थामा सत्ता सञ्चालन गर्दै आएका दलका नेताहरु भने आरोप प्रत्यारोपमा छन् । सडकदेखि सदनसम्म सत्ता र प्रतिपक्षका नेताहरुले दिइरहेका अभिव्यक्तिले मुलुक संकटमा पर्न लागेको त होइन भन्ने आशंका भइरहेका बेला पूर्वराजाका गतिविधिले नागरिकको मनमा थप प्रश्न उब्जिएको छ ।

राजावादीहरुले आइतबार राजधानीमा निकै ठूलो प्रदर्शन गरे । तीन महिनादेखि राजधानी बाहिर रहँदै आएका पूर्वराजा शाहलाई स्वागत गर्न विमानस्थलमा पुगेका राजावादीहरुको ठूलो समूह देखेपछि पूर्वराजा ज्ञानेन्द्र पक्कै पनि हौसिएका होलान । नहुन पनि किन ? उनलाई जननिर्वाचित संविधानसभाले सत्ताबाट हराएको थियो । तर अहिले देशभर विस्तारै माहोल बन्न थालेपछि उनी हौसिएका हुन् ।

गणतन्त्र स्थापनाको दुई दशक नहुँदै किन प्रश्न उठ्यो भन्ने कुरा बुझ्न आवश्यक छ । सरकारको अस्थिरता, सुशासन र डेलीभरीका मुद्दामा राजनीतिक दलहरु गम्भीर नबन्दाको परिणाम नै राजावादीहरु हौसिएका हुन् । दलहरुले गल्ती दोहोर्‍याउँदै जाने हो भने समस्या झन् बढ्न सक्छ । सरकारले सुशासन र न्यायपूर्ण काम गर्न सक्नुपर्छ । काम गर्ने मात्र होइन, समान सहभागिताको विषयलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्छ ।

पूर्वराजा कसैको उक्साहटमा हौसिएको पनि हुनसक्छ । तर पूर्वराजा हौसिएर मात्र केही हुँदैन । जनताले समर्थन नगर्ने हो भने सबै कुरा पानीको फोका बराबर हुने छन् । तर त्यसभन्दा अघि नै दलहरुले बुझ्नु्पर्ने कुरा के छ भने जनताले के पाए ? राजतन्त्र हुँदा नपाएको कुरा संघीय लोकतान्त्रिक गणतन्त्रमा के के पाए ? प्रधानमन्त्री र मन्त्रीहरु मात्र फेरिएकी प्रवृत्ति पनि फेरियो भन्ने दलहरुले बुझ्नु्पर्छ । अन्यथा गणतन्त्र देखाएर मात्र केही हुने छैन ।

राजावादीहरुको अभियानमा सडकमा देखिएको नागरिकको असन्तुष्टि भने मुलुकमा व्याप्त कुशासन र देशको बिग्रको अवस्थाको कारण नै हो । एउटै व्यक्ति लामो समय शासनमा बस्ने, देशको आर्थिक सबल हुन नसक्ने, सुशासन कायम नहुने, युवा पंक्ति विदेश पलायन हुने जस्ता कारणले पनि सडकलाई मलजल गरेको छ । आम नागरिकले नेता र दलको विकल्प खोले पनि गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन ’

प्रमुख राजनीतिक दलका नेताहरु सत्ता प्राप्तिका लागि व्यवस्थाविरोधी शक्तिलाई समेत भित्रभित्र मलजल गरिरहेका छन् । यसको असन्तुष्टि कहिले बालेन भएर प्रस्फुटित भएको छ त कहिले गोपी हमाल र हर्क साम्पाङ भएर प्रस्फुटित भएको छ । अहिलेको असन्तुष्टि ज्ञानेन्द्र शाह भएर प्रस्फुटित भएको हो । राज्यशक्ति कमजोर भएका बेला जनताले निराशाको फाइदा मात्र उठाएका हुन् ।

२०४८ सालदेखिकै राजनीतिक दलको नेतृत्व नै सत्ताको केन्द्रमा रहने, सरकारमा गएपछि जनअपेक्षाको कामभन्दा पनि बरालिएर व्यक्ति र दलको स्वार्थमा अघि बढ्ने जस्तो प्रवृत्तिले आम नागरिकमा नैराश्यता बढाएको छ । यस्तो प्रवृत्तिबाट सच्चिन नेताहरुलाई खबरदारी गर्ने काम भने राजावादीहरुले गरेका छन् । अब राजावादीहरुको शक्ति कमजोर बनाउन दलहरुले बोली मात्र होइन, व्यवहारमै परिवर्तन गर्न आवश्यक छ ।