
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने दोस्रो तारिख बुझ्नका लागि आज कास्की जिल्ला अदालत जानु भएको छ ।
आज बिहान पत्नी निकिता सहित उहाँ पोखरा जानु भएको छ । लामिछानेले आजै जिल्ला अदालत कास्कीमा उपस्थित भएर तारिख बुझ्ने र रुपन्देही जाने लामिछानेको को सचिवालयले जनाएको छ । लामिछानेले भोलि रुपन्देही अदालतमा पनि उनले तारेख बुझ्नुहुने जनाईएको छ ।
सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा लामिछाने जिल्ला अदालत कास्कीबाट ६५ लाख धरौटीमा रिहा भएका थिए । यस्तै रुपन्देहीमा १ करोड धरौटी बुझाएर रिहा भएका थिए