२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

समुन्नत राष्ट्र निर्माणमा सरकार अगाडि बढिरहेको छः मन्त्री राई



अ+ अ-

रसुवा। रक्षामन्त्री मानवीर राईले देशको बृहत्तर हित र समुन्नत राष्ट्र निर्माणका लागि सरकारले सबै खाले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर अगाडि बढिरहेको बताउनुभएको छ ।

आज यहाँ रेडियो लाङ्टाङ एफएमले आयोजना गरेको मारुनी नाच प्रतियोगितामा उहाँले समृद्ध नेपाल निर्माण गर्ने सरकारको अभियानमा सबैले साथ दिनुपर्ने बताउनुभयो ।

मन्त्री राईले कला संस्कृतिको संरक्षण र संवर्द्धन गर्न आवश्यकता रहेको भन्दै  आफ्ना कला संस्कृतिको संरक्षण गर्दै भावी पुस्तासम्म पु¥याउन एफएमले गरेको प्रयास सराहनीय भएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि सञ्चारकर्मीले जनमानसमा सत्यतथ्य र सकारात्मक सन्देश प्रवाह गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

मन्त्री राईले देश विकासका लागि शिक्षा नै अपरिहार्य भएकाले भावी सन्ततिलाई गुणस्तरीय उच्च शिक्षा हासिल गराउने वातावरणका लागि सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।

मारुनी नाचअन्तर्गत गुरुङ, तामाङ, मगर नाचका साथै पञ्चैबाजा, लामा तथा झाँक्रीको कला, ब्राह्मणले गाउने बालन भजनजस्ता कला प्रस्तुत गरिएको रेडियो सञ्चालक गीता न्यौपानेले बताउनुभयो ।   कार्यक्रममा विवाहहरूमा गाइने खाँडोका श्लोक सुरेन्द्र राजाको पालादेखि हालसम्मको कथन प्रस्तुत गरिएको थियो ।

रेडियो सञ्चालक समिति अध्यक्ष सोहन सुवेदीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा होटल व्यवसायी छिरिङछेटेन तामाङ, नेपाल विद्युत् प्रधिकरणका सञ्जीप भट्टराई र सामाजिक व्यक्तित्व उत्तरगया गाउँपालिका–५ लहरे निवासी पिताम्वर आचार्यलाई सम्मान गरिएको थियो । रासस