२७ जेष्ठ २०८३, बुधबार
,
Latest
सरकारी वेबसाइटहरू अब पहुँचमैत्री, सबै नागरिकका लागि डिजिटल सेवा सहज बनाइयो सुरक्षा कारण देखाउँदै अमेरिकाले केही विदेशी फुटबल अधिकारीलाई भिसा नदिएपछि विश्वकप तयारीमा थपियो विवाद दरबार हत्याकाण्ड पुनःछानबिन गर्ने निर्णयप्रति राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको स्वागत राज्य व्यवस्था तथा सुशासन समितिको बैठक जेठ २८ गते बस्ने, कार्यान्वयन प्रगति र उपसमिति गठन… संयुक्त राष्ट्रको चेतावनी: सुडान–चाड द्वन्द्वले मध्य अफ्रिकामा सुरक्षा र मानवीय संकट गहिरिँदै महावीर पुन नेतृत्वमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले गर्‍याे काम सुरु, ओएनएम तयारीमा पोखराका सुकुमवासी र न्यून आय परिवारका लागि निःशुल्क म्यादी जीवन बिमा सुरु स्याङ्जाका रोमकान्त रेग्मीको मौरी व्यवसाय, वार्षिक रु ८ लाख आम्दानी सगरमाथाको भविष्यप्रति आरोहीको बढ्दो चिन्ता निर्धारित समयमा बस्न नसकेको प्रतिनिधिसभा बैठक २ बजे सारियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘आमाको नामबाट नागरिकता प्रदान गर्दा पितृसत्ता समाजको जग हल्लियो’



अ+ अ-

काठमाडौँ। महिला अधिकारका क्षेत्रमा क्रियाशीलहरूले महिला आन्दोलनबाट स्थापित हकअधिकार र मूल्यमान्यतालाई राज्यले प्रोत्साहन गर्न आवश्यक रहेको बताउनुभएको छ ।

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) महिला सङ्घद्वारा आज यहाँ ११५औँ अन्तरराष्ट्रिय श्रमिक महिला दिवसका सन्दर्भमा आयोजित ‘वैकल्पिक राजनीति र महिला नेतृत्व’ विषयक कार्यक्रममा उहाँहरूले राजनीतिमा संलग्न महिलालाई प्रेरित गर्न सबैले समान अवसर प्रदान गर्नुपर्ने धारणा राख्नुभयो ।

पार्टीका उपाध्यक्ष मानुषी भट्टराईले वैकल्पिक राजनीति भनेको पश्चगमन नभई राजनीतिलाई विधि, कानुन र व्यवहारबाट सु–संस्कृत तुल्याउनु रहेको उल्लेख गर्नुभयो । उहाँले समान बाबु र आमाको नामबाट नागरिकताको प्रमाणपत्र जारी गर्ने कार्यले पितृसत्ता समाजको जग हलिएको विचार राख्नुभयो ।

जनमत पार्टीकी नेत्री गोमा लाभ सापकोटाले राजनीतिक दलले अवसर र कार्य जिम्मेवारीमा महिलालाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याउँदै किसान र महिला अधिकारका मुद्दालाई आफ्नो पार्टीले प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।

विवेकशील साझा पार्टीका नेत्री रञ्जु दर्शनाले राज्यको अर्थतन्त्र बलियो बनाउन र औद्योगिकीकरणको वातावरण बनाउन उद्योगधन्दा खोल्न प्रोत्साहन गर्ने नीति बनाउन आवश्यक रहेकामा जोड दिनुभयो । उहाँले भन्नुभयो, “नेपाली समाजमा अनुरोध गर्नेभन्दा आदेश दिनेलाई सम्मान गर्ने चलन भएकाले पनि महिलामाथिको विभेद अन्त्य गर्ने चुनौती छ । संविधान र लोकतन्त्रको रक्षाका लागि साझा बुझाइ र कार्यक्रम तय हुनुपर्छ ।”

अधिकारकर्मी कैलाश राईले महिला आफ्नो अधिकारका लागि भौतिक, मानसिक र सिद्धान्तका हिसाबले तयार रहनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले महिला आर्थिक, शैक्षिक, मानसिक र सैद्धातिक रूपमा सक्षम हुनुपर्नेमा जोड दिनुभयो ।

अधिकारकर्मी तथा लेखिका इन्दु चौधरीले आफ्ना समुदाय र महिलाका हकअधिकार स्थापना गर्न निरन्तर आन्दोलनको नेतृत्व गरेकाले पश्चिम नेपालमा विभिन्न मञ्चको अवसर प्राप्त भइरहेको घटना सुनाउनुभयो । उहाँले समाजमा देखिएका विभेद अन्त्य र लोकतन्त्र स्थापनाको यात्रामा महिलाले गरेको योगदान कतै उल्लेख नभएको जनाउनुभयो ।

नेपाल समाजवादी महिला सङ्घका अध्यक्ष सुनिता काफ्लेले लोकतन्त्र स्थापनाका लागि बलिदानीपूर्ण सङ्घर्ष गरेका महिलालाई अहिले पनि सडक र संसद्मा ताली पड्काउने कार्यमा मात्र सीमित तुल्याइएको धारणा राख्नुभयो । उहाँले राजनीतिक दल र राज्यका महत्त्वपूर्ण संयन्त्रमा पुरुषकै मात्र वर्चस्व रहेको बताउनुभयो ।रासस




भर्खरै