८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

भक्तजन कुर्दै पशुपतिनाथ र भालेश्वर !

भक्तजन कुर्दै पशुपतिनाथ र भालेश्वर !
अ+ अ-

बोल्ने कोही छैन, गाँउमा बोल्ने कोही छैन 
पाहुना आउँदा घरको ढोका खोल्ने कोही छैन । 

गायक शिशिर योगीको यो गीत जस्तै यसपटक घर गाउँमा मान्छे भएर पनि चाडपर्वकामा पाहुनका लागि ढोका खोलिदिने कोहि भएनन् । आफन्त छोरी चेली, पाहुनालाई बोलाएर आगन थर्काउँदै नाचगान गर्ने रमाइलो सायद महामारीका कारण नेपालमा इतिहासमा पहिलो पटक रोकियो होला । आज सबै घरमा नै बसे । चाडपर्वको रमाईलो माने झैँ गरेर चार किल्लामा बन्दि भए । 

अरु त अरु भक्तजनलाई आशिर्वाद दिने भगवान पनि भक्तजनको प्रतिक्षामा नै बसे, मन्दिर भित्रै।  मुख्य चाडपर्वहरुमाा खुट्टा राख्ने ठाउँ नहुने शिवालयहरुमा यस पटक खुट्टा टेकिदिने पनि कोहि भएनन् । अघिल्ला वर्षहरुमा आज पशुपतिनाथमा कति नारीहरु पुग्थे कुनै लेखाजोखा नै हुदैनथ्यो । कोरोनको कहरका कारण भगवान पनि मन्दिर भित्रै सीमित हुन पुगे । यो महामारीले भक्तजन र भगवानबीच पनि यस पटक सामाजिक दुरी बनाइदियो । यस्तो दुरी बनाइदियो कि सरकारले धेरै मानिस जम्मा हुन्छन् भनेर आजकै लागि लक्ष्य गरेर निषेधाज्ञा जारी गर्नुपर्यो । 

कोरोनाको कहर बढ्दै जाँदा कि सरकारको भर नभए पशुपतिनाथको भर भनेको अवस्थाम यस पटक भक्तजन र भगवानको सामाजिक दुरी कायम रहेका कारण कति कुरा सुने कति सुनेनन् पशुपतिनाथले । पछिल्लो समय करिब ५० लाख राजधानी उपत्याबासीको रिफ्रेस हुने एक निकास चन्द्रागिरि डाँडामा रहेका प्रसिद्ध भालेश्वर महादेव पनि यस पटक भक्तजनको कुराईमा परे । भालेश्वर महादेवले पूर्वतर्फको राजधानी उपत्यकालाई चिहाइ मात्र रहे, कोही माथि उक्लिन सकेनन् । गतवर्ष तीज र साउनको सोमबारमा छिचोलिनसक्नुको भीडभाड रहेको चन्द्रागिरिमा यस पटक भने कोरोनाको कहरले यहाँ जान नपाएको गुनासो गर्ने हजारौँ भक्तालू भए ।   

केही समय अघि लकडाउन खुकुलो हुदै जाँदा पशुपतिनाथ मन्दिर, भालेश्वर मन्दिर चन्द्रागिरी खुल्ला भन्ने आशा धेरैमा थियो । सरकारले तोकेको सुरक्षा मापदण्डहरु पुरा गरेर भक्तजन र भगवानको दुरी घटाउने उपायहरु पनि तयार भएका थिए । पशुपति नाथमा व्यापक सरसफाई गरिएको थियो । नेपालको एक प्रसिद्ध सफाई कम्पनी खेम्स क्लिनिंगले पशुपतिको सरसफाईको प्रोटोकल तयार पारेर काम थालिसकेको थियो । यसअघि नै साउनको सोमबारका लागि तयार पारिएको सो सफाई अभियानसँगै दर्शनार्थीले पशुपति टेक्न पाएका छैनन् । 

उता चन्द्रागिरिको हालत पनि यस्तै भयो । केवलकार चढ्ने, भालेश्वरको दर्शनका लागि जाने र माथि रिसोर्टमा बस्ने सबैका लागि छुट्टाछुट्टै सफाई प्रोटोकल तयार पारेर लागू गर्ने तयारीमा चन्द्रागिरि हिल्स लिमिटेड थियो । उक्त लिमिटेडका महाप्रबन्धक अभिशेक विक्रम शाहले सम्पूर्ण मापदण्डबमोजिमको सफाईका लागि कर्मचारीहरुलाई तालिम दिइएको थियो र आउने यात्रुहरुका लागि पनि प्रोटोकल तयार पारिएको थियो । भदौ १ गतेदेखि खुल्ने तयारी गरिरहेकोमा पछिल्लो लकडाउनका कारण सबैतिर बन्द नै भयो । 
  
सरकारले पर्यटन क्षेत्र तथा मन्दिरहरु खोल्ने तयारी गर्दागर्दै  फेरि कोरोनाको संक्रमण आगो झैँ फैलँदै गएपछि  ती सबै योजनाहरु कार्यान्वयन हुन सकेनन् । जसका कारण यस पटकको तीजमा नेपालका सबै नारीहरुले महादेवलाई जो जँहा रहे त्यहीँ बसेर सम्झिए ।