११ आश्विन २०८१, शुक्रबार
,
Latest
पहिरोले नौबिसे–काठमाडौं सडक अवरुद्ध नारायणी नदीमा झोलुंगे पुल बनेसँगै सुस्तावासीले भनेः जोखिमबाट मुक्ति पायौँ चाडपर्व लक्षित सुरक्षाका लागि प्रहरी तयार, खसी बजार, गहना पसलदेखि टिकट काउन्टरसम्म गस्ती सर्वोच्च अदालतको न्यायाधीशमा नृपध्वज र नित्यानन्द सिफारिस भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो यस्तो छ प्रहरीको चाडबाड सुरक्षा योजना अस्ट्रेलियामा एमपक्सका बिरामीको सङ्ख्यामा वृद्धि मानवता इतिहासकै कठिन मोडमा छ, वैश्विक एकता आवश्यक छ: परराष्ट्रमन्त्री भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्नसके दोब्बर पर्यटक नेपाल भित्रिन्छन्ः अध्यक्ष शाह दसैँ आइसक्यो, रित्तो गोजी, रित्तै छ भकारी, परान खाइसक्यो…
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुनर्निर्माण र पुनर्स्थापनाका अनुभव र सिकाइबारे पर्सिदेखि राष्ट्रिय परिसंवाद हुने



अ+ अ-

काठमाडौं – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७२ साल वैशाखमा गएको भूकम्पपछिको पाँच वर्षमा पुनर्निर्माण र पुनर्स्थापनामा प्राप्त अनुभव, सफल अभ्यास एवं सिकाइहरु आदानप्रदान गर्न राष्ट्रिय परिसंवाद कार्यक्रम यही भदौ ८ देखि ११ गतेसम्म भर्चुअल माध्यमबाट आयोजना गर्न लागेको छ ।
नेपालको पुनर्निर्माण तथा पुनर्स्थापनामा संलग्न विभिन्न निकाय एवं साझेदार, संघसंस्था, विज्ञ तथा व्यक्तिहरुलाई एउटै मंचमा ल्याएर पुनर्निर्माण तथा पुनर्स्थापनाका क्रममा प्राप्त सफलताहरु, उपलब्धी एवं कमीकमजोरीबारे समीक्षा गरी साझा धारणा निर्माण गर्ने परिसंवाद कार्यक्रमको उद्देश्य रहेको प्राधिकरणका कार्यकारी समिति सदस्य एवं अन्तर्राष्ट्रिय सम्मेलन आयोजक समितिको सचिवालयका संयोजक डा. चन्द्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
भूकम्पपछिको पुनर्निर्माण र पुनर्स्थापनामा नेपालले प्राप्त गरेको ज्ञान, सिकाई र अनुभवहरु अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने तथा अभिलेखीकरण गर्ने उद्देश्यले आगामी नोभेम्बरमा काठमाडौंमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने कार्यक्रम तय भएको छ ।
सोही सम्मेलनको तयारीका क्रममा प्राधिकरणले परिसंवादलगायत विभिन्न कार्यक्रम गर्न लागेको हो  । डा. श्रेष्ठका अनुसार यो परिसंवादमा पुनर्निर्माण र पुनर्स्थापनाका ६ वटा विषयगत क्षेत्रहरु क्रमशः निजी आवास पुनर्निर्माण, सार्वजनिक एवं सामाजिक पूर्वाधार पुनर्निर्माण, सांस्कृतिक सम्पदा पुनर्निर्माण, जीविकोपार्जन, उद्दार तथा राहत एवं सुशासनबारे छलफल हुनेछ । परिसंवादमा ६० वटा शोधपत्रहरु प्रस्तुत हुनेछन् ।  
प्राधिकरणका सहप्रवक्ता एवं अन्तर्राष्ट्रिय सम्मेलन आयोजक समितिको सचिवालयका सदस्य–सचिव मनोहर घिमिरेका अनुसार परिसंवादमा प्राधिकरणलगायत सरकारी निकाय प्रतिनिधि, पुनर्निर्माणमा सहयोग गरेका दातृ निकाय तथा विकास साझेदार संस्थाका प्रतिनिधि, विषयगत विज्ञहरु, भूकम्प पीडित, निजी क्षेत्रका प्रतिनिधि एवं कार्यपत्रका प्रस्तोताहरु सहभागी हुनेछन् ।
कार्यक्रममा इच्छुकले दर्ता प्रक्रियामार्फत् कार्यक्रममा सहभागिता जनाउन सक्नेछन् । त्यसका लागि सचिवालयको इमेल ठेगानामार्फत् सम्पर्क गर्नुपर्नेछ ।
आयोजक समितिको सचिवालयका अनुसार कार्यक्रममा औपचारिक र प्राविधिक गरी दुई सत्र हुनेछन् । सोमबार ९ः३० मा उद्घाटन हुने कार्यक्रममा हरेक दिन ४ वटा प्राविधिक सत्र हुनेछन् । हरेक प्राविधिक सत्र ९० मिनेटको हुनेछ जसमा ४ वटा शोधपत्रहरु पेश हुनेछन् । साँझ ४ः३० सम्म कार्यक्रम चल्नेछ ।