११ आश्विन २०८१, शुक्रबार
,
Latest
पहिरोले नौबिसे–काठमाडौं सडक अवरुद्ध नारायणी नदीमा झोलुंगे पुल बनेसँगै सुस्तावासीले भनेः जोखिमबाट मुक्ति पायौँ चाडपर्व लक्षित सुरक्षाका लागि प्रहरी तयार, खसी बजार, गहना पसलदेखि टिकट काउन्टरसम्म गस्ती सर्वोच्च अदालतको न्यायाधीशमा नृपध्वज र नित्यानन्द सिफारिस भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो यस्तो छ प्रहरीको चाडबाड सुरक्षा योजना अस्ट्रेलियामा एमपक्सका बिरामीको सङ्ख्यामा वृद्धि मानवता इतिहासकै कठिन मोडमा छ, वैश्विक एकता आवश्यक छ: परराष्ट्रमन्त्री भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्नसके दोब्बर पर्यटक नेपाल भित्रिन्छन्ः अध्यक्ष शाह दसैँ आइसक्यो, रित्तो गोजी, रित्तै छ भकारी, परान खाइसक्यो…
तपाईं के खोज्दै हुनुहुन्छ ?

केपी ओली ५ वर्ष नै प्रधानमन्त्री, प्रचण्ड पार्टीकाे कार्यकारी अध्यक्ष (छ बुँदे सुझाव सहित)



अ+ अ-

काठमाडाैंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र  समस्या  र समाधानका बारेमा सुझाब दिन गठित कार्यदलले आफ्नो प्रतिवेदन अध्यक्षद्वयलाई शनिबार बुझाएको छ । महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलले एक साताको गृहकार्यपछि सहमति सहित विवाद समाधानको रूपरेखा समेटेर प्रतिवेदन अध्यक्षद्वयलाई बुझाएको हाे ।

प्रतिवेदनमा ‘पार्टी एकीकरणलाई मजबुत बनाउने र पार्टी भित्रका आन्तरिक विबादलाई सहमतिकै आधारमा निश्कर्षमा पुर्याउने कुरालाई बुँदागत रुपमा उल्लेख गरिएको छ । प्रतिवेदनमा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले ५ वर्ष नै सरकारको नेतृत्व गर्ने, पार्टी कार्यकारी अध्यक्षका रुपमा पुष्पकमल दाहालले सञ्चालन गर्ने लगायतका कुरा उल्लेख गरिएको कार्यदलका एक सदस्यले जानकारी दिए ।  

यस्तो छ कार्यदलको सुझाव : –

१. प्रधानमन्त्री केपी ओलीको राजीनामाको मागलाई थाती राख्ने तथा स्थायी समितिको एजेन्डामा आधारित भएर छलफल अघि बढाउने ।

२. सरकारको नेतृत्व ओलीले र पार्टी सञ्चालन प्रचण्डले गर्ने ।

३. सैद्धान्तिक तथा विवादित अन्य विषय महाधिवेशनबाट टुंगो लगाउने ।

४. आगामी चैतमा महाधिवेशन गर्ने गरी कार्यतालिका तय गर्ने । 

५. सरकारको उपस्थिति र भूमिकालाई प्रभावकारी बनाउन संघीय मन्त्रिपरिषद् र प्रदेश सरकारमा केही हेरफेर गर्ने ।

६. कोरोना संक्रमणको अवस्था सहज भएपछि केन्द्रीय समितिको बैठक बोलाउने ।

गएको साउन ३० गते अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले महासचिव बिष्णु पौडेलको संयोजकत्वमा नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, पम्फा भुसाल र जनार्दन शर्मा सदस्य रहेको कार्यदल गठन गरेका थिए । कार्यदललाई साउन ३२ गते बसेको नेकपा सचिवालय बैठकले अनुमोदन गरेको थियो ।