८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग

केपी ओली ५ वर्ष नै प्रधानमन्त्री, प्रचण्ड पार्टीकाे कार्यकारी अध्यक्ष (छ बुँदे सुझाव सहित)

केपी ओली ५ वर्ष नै प्रधानमन्त्री, प्रचण्ड पार्टीकाे कार्यकारी अध्यक्ष (छ बुँदे सुझाव सहित)
अ अ+ अ-

काठमाडाैंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र  समस्या  र समाधानका बारेमा सुझाब दिन गठित कार्यदलले आफ्नो प्रतिवेदन अध्यक्षद्वयलाई शनिबार बुझाएको छ । महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलले एक साताको गृहकार्यपछि सहमति सहित विवाद समाधानको रूपरेखा समेटेर प्रतिवेदन अध्यक्षद्वयलाई बुझाएको हाे ।

प्रतिवेदनमा ‘पार्टी एकीकरणलाई मजबुत बनाउने र पार्टी भित्रका आन्तरिक विबादलाई सहमतिकै आधारमा निश्कर्षमा पुर्याउने कुरालाई बुँदागत रुपमा उल्लेख गरिएको छ । प्रतिवेदनमा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले ५ वर्ष नै सरकारको नेतृत्व गर्ने, पार्टी कार्यकारी अध्यक्षका रुपमा पुष्पकमल दाहालले सञ्चालन गर्ने लगायतका कुरा उल्लेख गरिएको कार्यदलका एक सदस्यले जानकारी दिए ।  

यस्तो छ कार्यदलको सुझाव : –

१. प्रधानमन्त्री केपी ओलीको राजीनामाको मागलाई थाती राख्ने तथा स्थायी समितिको एजेन्डामा आधारित भएर छलफल अघि बढाउने ।

२. सरकारको नेतृत्व ओलीले र पार्टी सञ्चालन प्रचण्डले गर्ने ।

३. सैद्धान्तिक तथा विवादित अन्य विषय महाधिवेशनबाट टुंगो लगाउने ।

४. आगामी चैतमा महाधिवेशन गर्ने गरी कार्यतालिका तय गर्ने । 

५. सरकारको उपस्थिति र भूमिकालाई प्रभावकारी बनाउन संघीय मन्त्रिपरिषद् र प्रदेश सरकारमा केही हेरफेर गर्ने ।

६. कोरोना संक्रमणको अवस्था सहज भएपछि केन्द्रीय समितिको बैठक बोलाउने ।

गएको साउन ३० गते अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले महासचिव बिष्णु पौडेलको संयोजकत्वमा नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, पम्फा भुसाल र जनार्दन शर्मा सदस्य रहेको कार्यदल गठन गरेका थिए । कार्यदललाई साउन ३२ गते बसेको नेकपा सचिवालय बैठकले अनुमोदन गरेको थियो ।