८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

अमेरिकाले किएभसँग नयाँ वार्ताको घोषणा गरेपछि इयुका नेताहरू रक्षा वृद्धि गर्न सहमत

अमेरिकाले किएभसँग नयाँ वार्ताको घोषणा गरेपछि इयुका नेताहरू रक्षा वृद्धि गर्न सहमत
अ अ+ अ-

एजेन्सी । वासिङ्टनले किएभसँगको वार्ता मस्कोसँग युद्धविराम सुनिश्चित गर्न पुनः सही मार्गमा रहेको बताएपछि अमेरिकी अलगावको सम्भावनाले हल्लिएका युरोपेली सङ्घ (इयु) का नेताहरूले बिहीबार एक सङ्कट शिखर सम्मेलनमा ब्लकको सुरक्षा बढाउन सहमत भएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीको ह्वाइट हाउसमा भएको मतभेदपछि युक्रेनको पक्षमा एकजुट हुँदै युरोपेली देशहरूले रूसबाट आशङ्कित खतरा विरुद्ध ‘युरोपलाई पुनः हतियारबन्द गर्ने’ योजनालाई स्वीकृति दिए ।

“हामी निर्णायक रूपमा बलियो र अधिक सार्वभौम रक्षा युरोपतर्फ अघि बढिरहेका छौँ”, इयुका २७ राष्ट्रको परिषद्का प्रमुख एन्टोनियो कोस्टाले वार्तापछि पत्रकारहरूलाई भन्नुभयो, “हामीले जे भन्छौँ त्यही गरिरहेका छौँ ।”

नेताहरूले युरोपेली आयोगको रक्षा खर्चका लागि लगभग आठ खर्ब युरो (आठ खर्ब ६० अर्ब डलर) जुटाउने लक्ष्यलाई समर्थन गरे र सदस्यहरूलाई एक खर्ब ५० अर्ब युरोसम्मको इयु–समर्थित ऋण उपलब्ध गराउने प्रस्तावलाई ‘अत्यावश्यक मामिलाका रूपमा’ परीक्षण गर्न प्रतिबद्धता व्यक्त गरे।

जर्मनीका भावी चान्सलर फ्रेडरिक मेर्जले देशको पुनः शस्त्रीकरण कोषका लागि आमूल सुधारहरू अँगाल्दै गर्दा रक्षा योजनाले राज्यहरूलाई धेरै बढी खर्च गर्न अनुमति दिन वित्तीय नियमहरू सजिलो बनाएको छ ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले पनि रक्षा खर्च बढाउन आह्वान गर्नुभएको छ र फ्रान्सको आणविक प्रतिरोध युरोपेली साझेदारहरूमा विस्तार गर्न सुझाव दिनुभएको छ ।

दोस्रो विश्वयुद्धदेखि युरोपको सुरक्षाको जमानीकर्ता ९ग्यारेन्टर० रहेको संयुक्त राज्य अमेरिकाले नाटोमा आफ्नो केन्द्रीय भूमिका जारी राख्नुपर्छ कि पर्दैन भनेर ट्रम्पले प्रश्न गर्दा युरोपेली सरकारहरू रक्षा बढाउन दबाबमा छन् ।

ट्रम्पले बिहीबार फेरि एकपटक त्यो प्रतिबद्धतालाई प्रश्नमा राखेर आफ्ना सहयोगीहरूले ‘अधिक भुक्तानी गर्नुपर्ने’ भनेर गुनासो गर्नुभयो ।

एक्लो छैन

ट्रम्पले युक्रेन युद्ध अन्त्य गर्न रुससँग सम्बन्ध सुधार गर्दै संयुक्त राज्य अमेरिकाका ट्रान्सअटलान्टिक साझेदारहरूबाट दूरी बढाउनुभएको छ । यसले किएभलाई अनुकूल नहुने सम्झौतामा बाध्य पारिने आशङ्का बढाएको छ ।

ट्रम्पसँगको विवादपछि संयुक्त राज्य अमेरिकाले किएभलाई सैन्य सहायता र खुफिया जानकारी हस्तान्तरण रोकेको एक हप्तापछि इयु नेताहरूले समर्थनको प्रदर्शनमा ब्रसेल्समा राष्ट्रपति जेलेन्स्कीलाई स्वागत गरे ।

युक्रेन ‘सम्भव भएसम्म बलियो स्थिति’ मा हुनुपर्ने र ‘न्यायपूर्ण र दीर्घकालीन शान्ति’ सुनिश्चित गर्नुपर्ने घोषणा गर्दै नेताहरूको वक्तव्यले भविष्यमा रुसी आक्रमणलाई रोक्न ‘मजबुत र विश्वसनीय सुरक्षा ग्यारेन्टी’ को माग दोहोर्‍याएको छ ।

ट्रम्पका कट्टर समर्थक हङ्गेरीका राष्ट्रवादी प्रधानमन्त्री भिक्टर ओर्बनको अपेक्षित विरोधलाई ध्यानमा राख्दै २७ मध्ये २६ मुलुकले समर्थन गरेको पाठले ‘युक्रेनबिना युक्रेनबारे कुनै वार्ता हुन सक्दैन’ भन्ने कुरामा जोड दिएको छ ।

“हामी एक्लै नभएकोमा हामी धेरै आभारी छौँ”, जेलेन्स्कीले भन्नुभयो ।

यस बैठकमा कुनै प्रमुख नयाँ सहायता घोषणाहरू भएनन् । अमेरिकाले सहायता रोक्का गरेको भए पनि युरोपसँग हाल किएभको आवश्यकताहरू पूरा गर्न प्रतिबद्ध पर्याप्त पैसा छ भनी धेरै राज्यले तर्क गर्छन् ।

तर इयुको सदस्य नभएको नर्वेले सन् २०२५ का लागि आफ्नो सहायता दोब्बर बढाएर कुल सात अर्ब ८० करोड डलर पुर्‍याउने घोषणा गरेको छ ।

साउदी वार्ता

गत हप्ताको कूटनीतिक घटनापछि, जेलेन्स्कीले ट्रम्पसँग सम्बन्ध सुधार्न प्रयास गर्नुभएको छ र रुस–युक्रेन द्वन्द्वमा अमेरिकी प्रतिनिधिले बिहीबार नयाँ वार्ताको योजना बनाएको घोषणा गरेका छन् ।

जेलेन्स्कीको ‘माफी’ बाट खुसी भएको घोषणा गर्दै अमेरिकी प्रतिनिधि स्टिभ विटकफले रुससँग ‘प्रारम्भिक युद्धविराम’ र लामो समयको सम्झौताका लागि ‘ढाँचा’ बारे युक्रेनी वार्ताकारहरूसँग कुरा गर्न साउदी अरबमा जाने इच्छा रहेको बताउनुभयो ।

किएभमा एक वरिष्ठ अधिकारीले युक्रेनी र अमेरिकी प्रतिनिधिमण्डलले मङ्गलबार साउदीको राजधानी रियादमा भेट्ने अपेक्षा गरिएको बताए । बैठक रियाद वा जेद्दामा हुने विटकफले बताउनुभयो ।

युक्रेनी र अमेरिकी वार्ताकारहरूले ‘काम पुनः सुरु’ गरेको जेलेन्स्कीले बताउनुभयो । “अर्को हप्ता हामीले एउटा अर्थपूर्ण बैठक गर्ने आशा गर्दछौँ”, उहाँले भन्नुभयो ।

वासिङ्टनसँगको सहयोग बचाउने आफ्नो प्रयासमा जेलेन्स्कीले ट्रम्पको ‘बलियो नेतृत्व’ अन्तर्गत शान्ति सम्झौताको दिशामा काम गर्न र युक्रेनी खनिज स्रोतहरूमा अमेरिकी पहुँचका बारेमा सम्झौतालाई अन्तिम रूप दिन तयार भएको घोषणा गर्नुभयो ।

किएभ र यसका युरोपेली साझेदारहरू दुवैलाई किनारा लगाउँदै तीन वर्षे युद्ध अन्त्य गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग ट्रम्पको सम्पर्कले युरोपलाई सङ्कटको मोडमा धकेलेको छ ।

यसले युरोपेली सङ्घबाट बाहिरिएको पाँच वर्षपछि बेलायतलाई युरोपेली सङ्घमा फिर्ता ल्याउन पनि मद्दत गरेको छ ।

प्रधानमन्त्री किर स्टार्मरले म्याक्रोनसँग मिलेर ट्रम्प र जेलेन्स्कीबीचको पुल पुनर्निर्माण गर्न काम गरिरहनुभएको छ र उहाँहरूले मिलेर ‘हावा, समुद्र र ऊर्जा पूर्वाधारमा’ एक महिने युद्धविरामको प्रस्ताव राख्नुभएको छ ।

फ्रान्स र बेलायतले भविष्यको युद्धविराम सुरक्षित गर्न मद्दत गर्न ‘इच्छुकहरूको गठबन्धन’ का लागि आह्वान गरिरहेका छन् । एक बेलायती अधिकारीले बिहीबार करिब २० देशसँग वार्ता भइरहेको बताएका छन् ।

केही युरोपेली मुलुकले ‘सुरक्षा ग्यारेन्टी’ का रूपमा युक्रेनमा सैनिकहरू तैनाथ गर्न इच्छुक हुने बताएका छन् ।

तथापि रुसले ‘अन्तिम समाधान’ आवश्यक रहेको भन्दै अस्थायी युद्धविराम र युक्रेनमा युरोपेली फौज अस्वीकार्य रहेको बताएको छ ।