८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

चीन नेपालको विश्वासिलो, सर्वकालिक विकास साझेदार हो–उपाध्यक्ष घिमिरे 

चीन नेपालको विश्वासिलो, सर्वकालिक विकास साझेदार हो–उपाध्यक्ष घिमिरे 
अ अ+ अ-

काठमाण्डौ: राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले छिमेकी मुलुक चीन नेपालको विश्वसिलो र सर्वकालिक बिकास साझेदार हो भन्नुभएको छ ।

निजामती कर्मचारी अस्पतालमा चीनको सहयोगमा स्थापित अन्धोपन रोकथामका लागि लाइफलाइन एक्सप्रेस केन्द्रको शुभारम्भ गर्दै उपाध्यक्ष घिमिरेले नेपालको स्वास्थ्य, पुर्वाधार, पर्यटन लगायतका क्षेत्रको विकासका लागि चीनको सहयोग गर्दै आएको चीन विश्वासिलो र सर्वकालिक विकास साझेदारको रुपमा रहेको धारणा राख्नुभएको हो ।

‘चीन नेपालको विश्वासिलो, सर्वकालिक विकास साझेदार हो।’ उहाँले भन्नुभयो ‘नेपाल र चीन पुरानो मित्र, असल छिमेकी तथा विश्वासिलो साझेदारको रूपमा परिचित छौं।, नेपाल–चीन सम्बन्ध आपसी सहयोग, समझदारी, एक–अर्काका संवेदनशीलताको कदर र शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तहरूको बलियो जगमा आधारित रहेको छ।’

उपाध्यक्ष घिमिरेले चीनले कोभिड महामारीको समयमा गरेको भ्याक्सिन लगायत अत्यावश्यक स्वास्थ्य सामग्रीहरूको सहयोग देखि भौतिक पूर्वाधारको विकास, व्यापार तथा पर्यटन तथा जनस्तरको सम्बन्ध पनि चीन र नेपाल सम्बन्धको विशिष्ट परिचय बनेको बताउनुभयो । ‘नेपालले लिएको विकास लक्ष्य अनुसार सन् २०२६ सम्ममा हामी अतिकम विकसित मुलुकबाट स्तरोन्नति भई सन् २०३० सम्म मध्यम आय भएको मुलुक बन्न गइरहेका छौं। विकासको यस राष्ट्रिय आकांक्षालाई हासिल गर्न चीनको सदाझैं सहयोग रहनेमा हामी विश्वस्त र्छौं।’उहाँले भन्नुभयो ।

नेपालले चीनसँगको सम्बन्धलाई सधैं उच्च महत्व दिंदै आएको बताउँदै उहाँले एक चीन सिद्धान्तलाई हामीले दृढताका साथ पालन गर्दै आएको पनि दोहोर्‍याउनुभयो । यस वर्ष चीन र नेपालको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वार्षिकोत्सव रहेको चर्चा गर्दै उपाध्यक्ष घिमिरेले विगत ७० वर्षमा हाम्रो सम्बन्ध निरन्तर बलियो हुँदै बहुआयामिक क्षेत्रमा विस्तारित हुँदै आएको हामीले प्रत्यक्ष देखेको बताउनुभयो ।‘सांस्कृतिक तथा आर्थिक–सामाजिक हिसाबले हाम्रो सम्बन्ध कूटनीतिक सम्बन्धभन्दा निकै नै पूरानो रहेको छ।’ उहाँले भन्नुभयो ‘सुमधुर र समस्या–रहित हाम्रा दुई राष्ट्रबीचको सम्बन्ध चीरकालपर्यन्त रहिरहनेछ।’

कार्यक्रममा साङ्घाई कोअपरेसन अर्गनाइजेशनको गुड नेवरलिनेश, फ्रेंडसिप एण्ड कोअपरेशन कमिशनका उपाध्यक्ष एवं नेशनल हेल्थ कमिशन अफ चाइनाका पूर्व भाइस मिनिष्टर छुइ लि, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव डा. रबिलाल पन्थ,  नेपालका लागि चिनियाँ राजदूत  चेन सोङ, निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक प्रा.डा.विद्याननिधी पौडेलले  पनि बोल्नुभएको थियो ।