११ आश्विन २०८१, शुक्रबार
,
Latest
जेबिएनएल सेक्यूरिटिज् ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै पहिरोले नौबिसे–काठमाडौं सडक अवरुद्ध नारायणी नदीमा झोलुंगे पुल बनेसँगै सुस्तावासीले भनेः जोखिमबाट मुक्ति पायौँ चाडपर्व लक्षित सुरक्षाका लागि प्रहरी तयार, खसी बजार, गहना पसलदेखि टिकट काउन्टरसम्म गस्ती सर्वोच्च अदालतको न्यायाधीशमा नृपध्वज र नित्यानन्द सिफारिस भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो यस्तो छ प्रहरीको चाडबाड सुरक्षा योजना अस्ट्रेलियामा एमपक्सका बिरामीको सङ्ख्यामा वृद्धि मानवता इतिहासकै कठिन मोडमा छ, वैश्विक एकता आवश्यक छ: परराष्ट्रमन्त्री भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्नसके दोब्बर पर्यटक नेपाल भित्रिन्छन्ः अध्यक्ष शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना कहर: हरेक १५ सेकेन्डमा एकको मृत्यु



अ+ अ-

काठमाडौं । कोरोना भाइरसको कहर नेपाल लगायत विश्वव्यापी रुपमा बढ्दो क्रममा छ । अझै केही देशमा त नियन्त्रणमा आइसकेको कोरोनाको पुनः दोस्रो लहर देखिएको छ । संक्रमितको संख्या वृद्धि हुनुका साथै मृतकको संख्यामा पनि उल्लेख्य वृद्धि भइरहेको छ । कोरोनाका कारण हरेक १५ सेकेन्डमा एकको मृत्यु भइरहेको जानकारीमा उल्लेख छ ।

रोयटर्सका अनुसार हरेक २४ घण्टामा कोभिड–१९ का कारण ५ हजार ९ सय व्यक्तिको ज्यान जाने गरेको पाइएको छ । शुक्रबारसम्म लिइएको पछिल्लो दुई हप्ताको आँकडाको आधारमा यो नतिजा निकालिएको हो । यो हिसाबले हेर्ने हो भने एक घण्टामा २ सय ४६ र हरेक १५ सेकेन्डमा एक व्यक्तिको मृत्यु भइरहेको छ ।

डब्ल्यूएचओले अर्को वर्षको सुरुवातमा मात्रै भ्याक्सिन उपलब्ध हुने सम्भावना व्यक्त गरिरहँदा यो आँकडाले धेरैलाई त्रसित बनाउने निश्चित छ ।