८ भाद्र २०८३, सोमबार
,
Latest
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै स्वर्णिम जयन्ती मनाउँदै आजदेखि भृकुटीमण्डपमा सुरु हुँदैछ ‘नाडा अटाे साे २०२६’, यस्ताे छ मेलाकाे इतिहास ‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’ लुम्बिनीमा मन्त्रिपरिषद् पुनःगठनको सिफारिस सङ्घीयता सफल बनाउन प्रदेश र स्थानीय तहबीचको सहकार्यमा जोड गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द बागमती प्रदेशसभा बैठक भोलि चालिस दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

टिपटला नाका पुग्ने बाटो निर्माणका लागी चिनको सहयोग खोज्न नेता भट्टराईको पराराष्ट्रमन्त्रीलाई आग्रह



अ+ अ-

काठमाडौं। ताप्लेजुङ सदरमुकामदेखि तिब्बतको सीमाना टिपटलासम्म ८५ किमी सडक निर्माणका लागि चीनसँग छलफलको प्रक्रिया अगाडि बढाउन एमाले सासंद योगेश भट्टराईले परराष्ट्र मन्त्री डा आरजु राणा देउवालाई आग्रह गर्नुभएको छ ।

आज परारष्ट्रमन्त्री डा राणासंग भेट गरी उक्त आग्रह गर्नुभएको हो । ताप्लेजुङ जिल्ला प्रशासन कार्यालयबाट प्राप्त सिफारिस र लागत अनुमानको प्रारम्भिक प्रस्ताव समेत नेता भट्टराईले मन्त्री राणालाई हस्तान्तरण गर्नुभएको छ । मन्त्री राणाले चीनसँग आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै, यस परियोजनालाई अघि बढाउनका लागि सरकारी तहमार्फत आवश्यक पहलकदमी लिने जानकारी गराउनु भयो ।

सडक निर्माणको यस परियोजनाले ताप्लेजुङको भौतिक पूर्वाधारमा उल्लेखनीय सुधार ल्याउने विश्वास गरिएको छ। सडक विस्तार भएपछि स्थानीय जनतालाई आवागमनको सजिलो र तिब्बतसँगको व्यापारिक सम्बन्धलाई थप सुदृढ पार्ने अपेक्षा गरिएको छ।