८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

राप्ती घटना मानव गरिमा विरुद्ध घात र अपराध भएको ठहर

राप्ती घटना मानव गरिमा विरुद्ध घात र अपराध भएको ठहर
अ+ अ-

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले सैनिकको कुटपिटबाट  चितवन जिल्ला राप्ती नगरपालिका–२ का २४ वर्षीय राजकुमार चेपाङको  भारिएको घटना राष्ट्रिय, अन्तराष्ट्रिय कानुनको उल्लंघन  र मानव गरिमा विरुद्ध घात र अपराध भएको ठहर गरेको छ । 

गत साउन १ गते राप्ती नदीमा माछा मार्न गएका राजकुमार चेपाङ्गलाई सेनाले चरम, बर्वर यातना दिएपछि भएको मृत्यु प्रकरणको शान्ति समाजको टोलीले साउन २४ गते घटनास्थल पुगेर अध्ययन अनुगमन गरेपछि आज आईतबार प्रतिवेदन सार्वजनिक गरेको हो ।  

समाजले उक्त यातनाको घटनामा सम्लग्न सैनिक जवानलाई कानुन सम्मत कारवाहि गर्दे सार्वजनिक गरी नेपाली सेना यातना विरुद्धको अन्र्तराष्ट्रिय  महासन्धीको कार्यान्वयन गर्न र मानव अधिकारको उच्च सम्मान र संरक्षण गर्न प्रतिवद्ध रहेको सवै सामु विश्वस्त पार्नुपर्दछ भन्ने माग समेत गरेको छ ।  साथै राज्यले मृतक परिवारलाई यथेष्ट क्षतिपुर्ति र यातना पीडितहरुको स्वास्थ्य उपचारको सम्पूर्ण प्रवन्ध मिलाउनु  समेत माग गरेको छ ।  

अति सिमान्तिकृत चेपाङ्गहरु माथी भएको अत्याचारको सिलसिला तत्काल बन्द गर्नुपर्ने र विपन्न चेपाङ्ग जातीको उत्थानको लागि राज्यले ठोस रुपमा योजना लागु गर्नपर्ने भन्दै चितवनको माडी नगरपालिका कुसुमखोलामा रहेका सकुम्वासीहरुको घर आगजनी गरी बिचल्लीमा पारेको क्रुर घटनाप्रति मानव अधिकार तथा शान्ति समाजले घोर निन्दा र भत्र्सना गर्दै उनीहरुको बसोबासको उचित प्रवन्ध मिलाउन जोडदार माग  गरेको छ ।  

अनुगमन टोलीले मृतकका परिवार,यातना पीडितहरु,स्थानीय जनप्रतिनिधीहरु,सुरक्षा निकाय,स्थानीय प्रशासन तथा नागरिक समाजका ब्यक्तिहरुसगँ छलफल गरेको थियो। मानव अधिकार तथा शान्ति सामाजका बरिष्ठ केन्द्रीय उपाध्यक्ष गोविन्द खनालको नेतृत्वमा गएको टोलीमा अधिकारकर्मीहरु केन्द्रीय सचिवद्धय  श्यामसुन्दर पराजुली ,बाबुहरि अचार्य, विभागीय संयोजक राजेन्द्र पौड्याल,सदस्य तोयनाथ ढुंगानाको सहभागिता रहेको थियो ।