८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

संक्रमण राेकिएन, पछिल्लो २४ घण्टामा देशभर थपिए ८ सय १८ संक्रमित

संक्रमण राेकिएन, पछिल्लो २४ घण्टामा देशभर थपिए ८ सय १८ संक्रमित
अ+ अ-

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८ सय १८ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको बताउनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये २ सय २० जना महिला र ५ सय ९८ जना पुरुष रहेका छन् । यससँगै हालसम्म कुल संक्रमितको संख्या ३१ हजार ९ सय ३५ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ६६ जना नयाँ संक्रमित पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १ सय २६ जना, ललितपुरमा १२ जना र भक्तपुरमा २८ जना रहेका छन् । 

आज सम्म नेपालमा कुल सक्रिय संक्रमितको संख्या १३ हजार १ सय ५५ पुगेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा ९ हजार २ सय १२ जना संक्रमित रहेका छन् । प्रदेश १ मा १ हजार १ सय ५२, प्रदेश २ मा १ हजार ८ सय ९०, बागमती प्रदेशमा ३ हजार ६ सय १७, गण्डकी प्रदेशमा ३ सय ५० जना, प्रदेश ५ मा ९ सय ३५ जना, कर्णाली प्रदेशमा ३ सय १८ र सूदुरपस्चिम प्रदेशमा ९ सय ५० जना रहेका छन् । त्यस्तै होम आइसोलेसनमा रहने संक्रमितहरुको संख्या ३ हजार ९ सय ४३ रहेको छ । जसमध्ये प्रदेश १ मा २ सय ७३ जना, प्रदेश २ मा ३ हजार २ सय ७ जना, बागमती प्रदेशमा १ सय ११ जना, गण्डकी प्रदेशमा १८ जना, प्रदेश ५ मा २ सय ८६ जना, कर्णाली प्रदेशमा २२ जना र सूदुरपस्चिम प्रदेशमा २६ जना रहेका छन् । 

पछिल्लो २४ घण्टामा २ सय ८१ जना संक्रमित निको भएर घर फर्किएका छन् । यससँगै हाल सम्म १८ हजार ६ सय ३१ संक्रमितहरु निको भएका छन् । पछिल्लो २४ घण्टामा ८ हजार २६ पीसीआर परीक्षण भएको छ । यससँगै हाल सम्म कुल पीसीआर परीक्षण संख्या ६ लाख ४ सय ४४ पुगेको छ । 
आज ११ हजार ४ सय १४ जना व्यक्तिहरु क्वारेन्टाइनमा रहेका छन् ।