११ आश्विन २०८१, शुक्रबार
,
Latest
जेबिएनएल सेक्यूरिटिज् ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै पहिरोले नौबिसे–काठमाडौं सडक अवरुद्ध नारायणी नदीमा झोलुंगे पुल बनेसँगै सुस्तावासीले भनेः जोखिमबाट मुक्ति पायौँ चाडपर्व लक्षित सुरक्षाका लागि प्रहरी तयार, खसी बजार, गहना पसलदेखि टिकट काउन्टरसम्म गस्ती सर्वोच्च अदालतको न्यायाधीशमा नृपध्वज र नित्यानन्द सिफारिस भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो यस्तो छ प्रहरीको चाडबाड सुरक्षा योजना अस्ट्रेलियामा एमपक्सका बिरामीको सङ्ख्यामा वृद्धि मानवता इतिहासकै कठिन मोडमा छ, वैश्विक एकता आवश्यक छ: परराष्ट्रमन्त्री भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्नसके दोब्बर पर्यटक नेपाल भित्रिन्छन्ः अध्यक्ष शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

संक्रमण राेकिएन, पछिल्लो २४ घण्टामा देशभर थपिए ८ सय १८ संक्रमित



अ+ अ-

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८ सय १८ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको बताउनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये २ सय २० जना महिला र ५ सय ९८ जना पुरुष रहेका छन् । यससँगै हालसम्म कुल संक्रमितको संख्या ३१ हजार ९ सय ३५ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ६६ जना नयाँ संक्रमित पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १ सय २६ जना, ललितपुरमा १२ जना र भक्तपुरमा २८ जना रहेका छन् । 

आज सम्म नेपालमा कुल सक्रिय संक्रमितको संख्या १३ हजार १ सय ५५ पुगेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा ९ हजार २ सय १२ जना संक्रमित रहेका छन् । प्रदेश १ मा १ हजार १ सय ५२, प्रदेश २ मा १ हजार ८ सय ९०, बागमती प्रदेशमा ३ हजार ६ सय १७, गण्डकी प्रदेशमा ३ सय ५० जना, प्रदेश ५ मा ९ सय ३५ जना, कर्णाली प्रदेशमा ३ सय १८ र सूदुरपस्चिम प्रदेशमा ९ सय ५० जना रहेका छन् । त्यस्तै होम आइसोलेसनमा रहने संक्रमितहरुको संख्या ३ हजार ९ सय ४३ रहेको छ । जसमध्ये प्रदेश १ मा २ सय ७३ जना, प्रदेश २ मा ३ हजार २ सय ७ जना, बागमती प्रदेशमा १ सय ११ जना, गण्डकी प्रदेशमा १८ जना, प्रदेश ५ मा २ सय ८६ जना, कर्णाली प्रदेशमा २२ जना र सूदुरपस्चिम प्रदेशमा २६ जना रहेका छन् । 

पछिल्लो २४ घण्टामा २ सय ८१ जना संक्रमित निको भएर घर फर्किएका छन् । यससँगै हाल सम्म १८ हजार ६ सय ३१ संक्रमितहरु निको भएका छन् । पछिल्लो २४ घण्टामा ८ हजार २६ पीसीआर परीक्षण भएको छ । यससँगै हाल सम्म कुल पीसीआर परीक्षण संख्या ६ लाख ४ सय ४४ पुगेको छ । 
आज ११ हजार ४ सय १४ जना व्यक्तिहरु क्वारेन्टाइनमा रहेका छन् ।