८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग

सरकारको विदेशनीति सञ्चालन घातक -पूर्वपरराष्ट्रमन्त्री महत

सरकारको विदेशनीति सञ्चालन घातक -पूर्वपरराष्ट्रमन्त्री महत
अ अ+ अ-

काठमाडौं । पूर्व परराष्ट्रमन्त्री डा.प्रकाशशरण महतले वर्तमान सरकारको विदेश नीति घातक र हावादारी भएको बताएका छन् । उनले भने सुझबुझपूर्ण रुपमा र नेपालजस्तो भूराजनीतिक परिवेशको देशका लागि संवेदनशील रुपमा सञ्चालन गर्नुपर्ने परराष्ट्र नीति अत्यन्तै हलका र घातक रहेको बताएका हुन् । 

आज आयोजित एक भर्चुअल कार्यक्रममा उनले भने- बडो सन्तुलित, संवेदनशील र सुझबुझपूर्ण रुपमा सञ्चालन हुनुपर्ने नेपालको विदेश नीति नै हचुवाको भरमा चलिरहेको छ । कुनै पनि देशको विदेश नीति यसरी लहडमा चल्छ भने त्यो अरु केही नभएर सरकारको असक्षमताका कारणले हुन्छ । 

सरकारको यस्तो गम्भीर त्रुटिले मुलुकको दीर्घकालनि हित गर्दैन उनले भने । उनले भने- देशको विदेश नीति कुनै पार्टी या अमुक व्यक्तिले आफू सरकारमा जाने भर्यांग बनाउने विषय कदापि होइन तर दूर्भाग्यबस हाम्रो देशमा अहिले त्यही भइरहेको छ । 

उनको तर्क थियो यूरोपमा स्विट्जरल्याण्ड भन्ने देश छ । त्यहाँको प्रति व्यक्ति आय यूरोपमै सबैभन्दा धेरै छ । इटाली, जर्मनी र फ्रान्सको बीचमा रहेको स्विट्जरल्याण्डलाई कसैले केही गर्न सकेन । चीन र भारतको उदीयमान र आर्थिक रुपमा पनि शक्तिशाली राष्ट्र । यी दुई देशका बीचमा हामी छौं । हामीले विदेश सम्बन्धमा धेरै खेल खेल्नु हुँदैन । 

डा महतले विदेश नीतिको सवालमा नेपालले आफ्नो आवश्यकता र मुलभूत स्वार्थलाई केन्द्रविन्दुमा राखेर मात्र अघि बढनुपर्छ । हाम्रा लागि दुवै छिमेकी उस्तै हुन्, भारत र चीन दुवैसँग भन्नुपर्छ एउटा देशको विरुद्ध अर्को देशसँग खेल खेल्नु हुँदैन, यसले हामीलाई दीर्घकालसम्म फाइदा दिँदैन ।

नेपाली काँग्रेसका सहमहामन्त्री समेत रहेका डा महतले भने- हाम्रो पार्टी नेपाली काँग्रेसको विचारधारा त बेग्लै छ नि तर पनि हामीले चीनसँग नराम्रो सम्बन्ध कहिल्यै राखेनौ । हामी सत्तामा हुँदा होस् या अघिपछि पनि चीनसँग राम्रो सम्बन्ध राख्नुपर्छ र काँग्रेसले यो कुरालाई हेक्का पनि राखेको छ । 

यो देशसँगको सम्बन्ध पार्टीसँगको होइन । त्यसैले हामीले नेपालको आवश्यकतालाई केन्द्रविन्दुमा राख्नुपर्छ । त्यस्तै भारतसँग पनि धेरै अप्ठ्याराहरु होलान किनभने खुला सीमाका कारण हुन पनि सक्छ । धेरै आतजावत हुन्छ । जहाँ धेरै अन्तरक्रिया हुन्छ त्यहाँ समस्या पनि हुन्छ । यसका बावजूद नेपालमा जुनसुकै पार्टी सत्तामा बसे पनि उनीहरुसँग सम्बन्ध त्यही हिसाबले राख्नुपर्छ । उनीहरुले अप्ठ्यारो गरेको छ भने बोल्ने, नबोल्ने कुरै छैन । जस्तै सीमा विवादमा हामी बोल्यौ नि । जुन सुरुदेखि हामीले उठाउँदै आएका थियौं ।

वर्तमान सरकारले विदेश नीति सञ्चालन गर्नेजस्तो बडो महत्वपूर्ण र संवेदनशील विषयमा तीतो पोख्ने काम कदापि गर्नुहुदैन उनले भने । डा.महतले तीतो पोख्ने, उत्तेजनापूर्ण कुरा गर्ने, अनि बोल्नुपर्ने ठाउँमा गएर चाहि बोल्दै नबोल्ने यस्तो काम अहिलेको सरकारले गरिरहेको छ त्यसैले मैले यो सरकारको विदेश नीतिको विगतदेखि नै आलोचना गरिरहेको हो । 

यस्ता कामहरु नै देशको लागि घातक हुने उनको तर्क छ । अहिलेको सरकारबाट घातक विदेश नीति सञ्चालन भएको स्पष्ट छ र यो कुरा सबैले देखेकै छन् उनको भनाई थियो । दुई देशको सम्बन्धको कुरा हो भने छलफल र वार्ताको माध्यमबाट समाधान गर्नुपर्छ तर सरकारले यसको सट्टा परिस्थितिलाई झन्भन्दा झन् उत्तेजक बनाइरहेको छ उनले भने । उनको टिप्पणी थियो- त्यसैले अहिलेको परराष्ट्र सम्बन्ध सुझबुझरहित छ, हचुवापूर्ण छ तथा हचुवाको भरमा बोल्ने प्रवृतिको रहेको छ ।