२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्रीनल्याण्ड र पानामा नहर लिने ट्रम्पको घोषणा



अ+ अ-

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनामा नहर र ग्रीनल्याण्ड दुवै लिने आफ्नो प्रतिद्धता दोहोर्याउनुभएको छ । ट्रम्पले संसदको संयुक्त सत्रलाई सम्बोधन गर्दा यस्तो टिप्पणी गर्नुभएको हो ।

अमेरिकाको राष्ट्रिय सुरक्षालाई अझ बढाउन आफ्नो प्रशासनले पानामा नहर लिन लागेको बताउनु भयो । दिवंगत अमेरिकी राष्ट्रपति जिमी कार्टरलाई १९७० को दशकमा पानामासँग सन्धिमा हस्ताक्षर गरेकोमा दोष लगाउनु भयो । कार्टरले देशलाई महत्वपूर्ण जलमार्ग चलाउने अधिकार हस्तान्तरण गर्नुभएको थियो । आफ्नो प्रशासनले ग्रीनल्याण्डवासीहरू भविष्य निर्धारण गर्नेकुरालाई समर्थन गर्ने बताउनु भयो ।

लगभग ६० हजार जनसंख्या भएको विश्वको सबैभन्दा ठूलो टापु ग्रीनल्याण्ड, १९५३ सम्म डेनिस उपनिवेश थियो । १९७९ मा ग्रिनल्याण्डले गृह शासन प्राप्त ग¥यो । जसले गर्दा ठूलो स्वशासन प्राप्त भएको थियो । डेनमार्कले आफ्नो विदेश र रक्षा नीतिमा अधिकार भने कायम राखेको थियो ।