२७ जेष्ठ २०८३, बुधबार
,
Latest
सरकारी जग्गा कब्जा गरी भाडा नतिर्ने उद्योगविरुद्ध मन्त्री यादवको कडा कदम, एकै दिनमा १२ भन्दा… टर्कियेमा अवैध अनलाइन जुवाविरुद्धको कारबाहीः ४७ जना पक्राउ, विमानस्थलमा बच्चाको डायपरभित्र लुकाइएको नगद बरामद भन्सार दर र ‘गायब १६ पाना’को विवादमा अर्थमन्त्री डा. वाग्लेको स्पष्टीकरणः ‘चियाको कपमा तुफान ल्याउन… आर्थिक विधेयकमा गरिएका संशोधनहरू जनहित र प्राविधिक सुधारका लागि हुन्, राजनीतिक रङ दिनु गलत छः… अर्थ समितिमा अर्थमन्त्रीको आक्रोश: संगठित रुपमा अफवाह फैलाईयो करको दर हेरफेर गर्ने अधिकार सरकारसँग सुरक्षित छः अर्थमन्त्री डा. वाग्ले इरानद्वारा अमेरिकी हेलिकप्टर खसालिएको ट्रम्पको दाबी, जवाफ दिने चेतावनी ‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’ समूह ‘के’: रोनाल्डो र पोर्चुगललाई समूहमै कोलम्बिया,उज्वेकिस्तान र कंगोको चुनौती प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाँकेको खजुरामा धार्मिक वाटिका निर्माण हुँदै



अ+ अ-

नेपालगञ्ज। बाँकेको खजुरामा धार्मिक वाटिका निर्माण गरिने भएको छ । त्यसका लागि आजदेखि धार्मिक अनुष्ठान प्रारम्भ भएको छ ।

अनुष्ठान सचिवालयका संयोजक भक्तबहादुर केसीका अनुसारस्थानीय शिवकालिका मन्दिरको एक बिघा जग्गामा वाटिका निर्माण गरिने छ । मन्दिर परिसरलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन पहिलो धार्मिक पुष्पवाटिका निर्माण गरी ज्येष्ठ नागरिकका लागि सत्सङ्गस्थल बनाउन अनुष्ठान आयोजना गरिएको हो ।

उहाँले नेपालगञ्ज गुलरिया हुलाकी राजमार्गको खजुराखण्डको नजिकै एक बिघा जग्गामा निर्माण प्रस्ताव गरिएको धार्मिक वाटिका विविध वनस्पति, जडीबुटी र पुष्पको अनुपम सङ्गमका रुपमा स्थापित गर्ने लक्ष्य रहेको बताउनुभयो ।

यही फागुन २८ गतेसम्म सञ्चालन हुने अनुष्ठानमा सुप्रिया किशोरीले कथा वाचन गर्नुहुनेछ । अनुष्ठान अवधिभर व्रतबन्ध, चौरासी पूजा, रुद्राभिशेषलगायत धार्मिक कार्य गरिने छ । शिवकालिका मन्दिर खजुरा क्षेत्रको प्राचीन मन्दिर हो । रासस




भर्खरै