१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभाले पारित गरेका पाँच अध्यादेश आज राष्ट्रियसभामा पेश गरिँदै



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाबाट पारित भएका पाँच वटा अध्यादेश आज राष्ट्रिय सभामा पेश गरिँदैछ । राष्ट्रिय सभाको आज दिउँसो बस्ने बैठकमा पाँच वटा अध्यादेश पेश गर्ने कार्यसूची छ ।

संघीय संसद्का दुवै सदनका हिउँदे अधिवशेनको पहिलो बैठक माघ १८ मा पेस भएका ६ मध्ये पाँचवटा अध्यादेशलाई सरकारले अघि बढाएको हो । सत्तारुढ दलभित्र नै विवाद उत्पन्न भएर राष्ट्रिय सभामा बहुमत नपुग्ने अवस्था आएपछि सरकारले एउटा अध्यादेश भने ’स्वीकार गरियोस्’ भन्ने प्रस्ताव नै सदनमा राखेन । आज पनि यो अध्यादेश राष्ट्रिय सभामा पेश गरिने छैन ।

राष्ट्रिय सभाको आजको बैठकमा सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व, निजीकरण र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि अध्यादेश स्वीकार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ । यी अध्यादेश मन्त्रिपरिषद्को सिफारिसभा राष्ट्रपति रामचन्द्र पौडेलले गत पुस २९ मा जारी गर्नुभएको थियो ।

मन्त्रिपरिषद्बाट सँगै राष्ट्रपति कार्यालय पुगेको भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश भने राष्ट्रपतिले माघ २ मा मात्रै जारी गरेका थिए । भूमिसम्बन्धी अध्यादेशमा विवाद उत्पन्न भएपछि सरकारले स्वीकार गरियोस् भन्ने प्रस्ताव राखेन । यो अध्यादेशलाई लिएर जारी गर्नेबेला राष्ट्रपति पौडेलले चासो राखेका थिए भने संसद्मा पुगेपछि सरकारलाई समर्थन गरेको दल जसपा, नेपालले नै विरोध जनाएको छ ।