१४ भाद्र २०८३, आईतवार
,
Latest
यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री ताप्लेजुङ गोल्डकपः सलहेश युवा क्लब सेमिफाइनलमा इरानका सर्वोच्च नेता खामेनीद्वारा मुस्लिम देशहरूबीच एकताका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभाले पारित गरेका पाँच अध्यादेश आज राष्ट्रियसभामा पेश गरिँदै



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाबाट पारित भएका पाँच वटा अध्यादेश आज राष्ट्रिय सभामा पेश गरिँदैछ । राष्ट्रिय सभाको आज दिउँसो बस्ने बैठकमा पाँच वटा अध्यादेश पेश गर्ने कार्यसूची छ ।

संघीय संसद्का दुवै सदनका हिउँदे अधिवशेनको पहिलो बैठक माघ १८ मा पेस भएका ६ मध्ये पाँचवटा अध्यादेशलाई सरकारले अघि बढाएको हो । सत्तारुढ दलभित्र नै विवाद उत्पन्न भएर राष्ट्रिय सभामा बहुमत नपुग्ने अवस्था आएपछि सरकारले एउटा अध्यादेश भने ’स्वीकार गरियोस्’ भन्ने प्रस्ताव नै सदनमा राखेन । आज पनि यो अध्यादेश राष्ट्रिय सभामा पेश गरिने छैन ।

राष्ट्रिय सभाको आजको बैठकमा सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व, निजीकरण र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि अध्यादेश स्वीकार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ । यी अध्यादेश मन्त्रिपरिषद्को सिफारिसभा राष्ट्रपति रामचन्द्र पौडेलले गत पुस २९ मा जारी गर्नुभएको थियो ।

मन्त्रिपरिषद्बाट सँगै राष्ट्रपति कार्यालय पुगेको भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश भने राष्ट्रपतिले माघ २ मा मात्रै जारी गरेका थिए । भूमिसम्बन्धी अध्यादेशमा विवाद उत्पन्न भएपछि सरकारले स्वीकार गरियोस् भन्ने प्रस्ताव राखेन । यो अध्यादेशलाई लिएर जारी गर्नेबेला राष्ट्रपति पौडेलले चासो राखेका थिए भने संसद्मा पुगेपछि सरकारलाई समर्थन गरेको दल जसपा, नेपालले नै विरोध जनाएको छ ।