८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने

मधेसको कथामा ‘राजागञ्ज’

मधेसको कथामा ‘राजागञ्ज’
अ+ अ-

काठमाडौं । नेपाली चलचित्र निर्देशन गरेर अन्तरराष्ट्रिय रूपमा परिचित  निर्देशक दीपक रौनियार निर्देशित ‘राजागञ्ज’ मधेसको कथामा तयार गरिएको छ । हालै आयोजना गरिएको पत्रकार भेटघाटमा निर्देशक रौनियारले आफूले झन्डै आठ वर्षअगाडि सोचेको कथालाई चलचित्रमा ल्याएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो मेरो भोगाइ पनि हो तर यसलाई प्रहरीको कथामा रहेर पटकथा तयार गरेको छु । मधेसको संस्कृति, विविधता, विभेदलगायत घटनाक्रमलाई यसमा देखाइएको छ । यो एउटा महिला प्रहरी अधिकृतको कथा हो ।”

निर्देशक रौनियारले चलचित्रको विषय सोचेपछि धेरै महिला प्रहरीलाई भेटेर गरिएको कुराकानीका आधारमा ‘पूजा’ नामक पात्रको निर्माण गरिएको बताउनुभयो । उहाँले नेपालबाहिर यस चलचित्रलाई ‘पूजा सर’ कै नाममा प्रदर्शन गर्दै हुनुहुन्छ । यस चलचित्रमा सात महिला पात्र केन्द्रीय भूमिकामा रहेकी छन् । “मधेसमा महिला कार्यकरी हुँदाको परिस्थिति र उसले भोग्नुपर्ने समस्यालाई यसमा देखाउने कोसिस गरेका छौँ । विश्वका ठूलाठूला महोत्सवमा छानिएको चलचित्र बल्ल हामीले नेपाल ल्याएका छौँ । यो हाम्रो समाजकै एउटा कथा वा घटना हो”, उहाँले भन्नुभयो ।

चलचित्रको केन्द्रीय भूमिकामा रहेका कलाकारमध्ये एक अभिनेता दयाहाङ राई हुनुहुन्छ । उहाँले व्यावसायिक सफल चलचित्र ‘कबड्डी’ र ‘जारी’ सँगै अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा छानिएका चलचित्र ‘हाइवे’, ‘सेतो सूर्य’, ‘गाउँ आएको बाटो’ लगायतमा पनि काम गरिसक्नुभएको छ ।

कलात्मक र व्यावसायिक दुवै किसिमका चलचित्रमा अभिनय गर्न आफूले सोहीअनुसार तयारी गरेको अभिनेता राईले बताउनुभयो । “एकै किसिमको चलचित्रमा प्रस्तुत भएमा त्यसले विविधता दिन सक्दैन । हामीले केही समययता अब्बल चलचित्र बनाइरहेका छौँ, जसले अन्तरराष्ट्रिय महोत्सवमा वाहवाही पाइसकेको छ । त्यस्ता चलचित्रमा मलाई सुहाउँदो पात्र लिएर आउने निर्माता र निर्देशकलाई म नकार्न सक्दिन किनकि देशबाहिर चलचित्र होस् या खेलकुद देशलाई प्रतिनिधित्व गरेर गइरहेका हुन्छौँ”, उहाँले भन्नुभयो ।

अभिनेत्री ऋचा शर्माले चलचित्रमा आउनैपर्ने मधेसको एउटा कथा आएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो विषयमा चलचित्र बन्नु आवश्यक थियो । मधेसको कथामा केन्द्रित यस चलचित्रको कन्द्रीय भूमिकामा भने महिला छन्, सात महिलाले कथा भनेका छौँ । यसले मधेसको विविधतालाई चलचित्रमार्फत धेरै दर्शकसम्म पुर्‍याउँछ ।”

चलचित्रमा अभिनेता राईसँगै आशा मगराती, विजय बराल, गौमाया गुरुङ, पशुपति राई, पूर्वमिस नेपाल निकिता चाण्डक, पुष्पा यादव, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वरकुमार झा, नीरज श्रेष्ठलगायत कलाकारको अभिनय रहेको छ । नेपलमा सार्वजनिक प्रदर्शन अगावै भेनिस, ह्याम्बर्ग, बुसान र मुम्बईजस्ता अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा ‘राजागञ्ज’ छनोट भएर प्रदर्शन भइसकेको छ ।

नेपाल र भारतको सीमावर्ती सहरमा अपहरणमा परेका दुई बालकलाई मुक्त गराउन प्रहरीले गरेको खोजीको कथा पनि यसमा समेटिएको निर्मातामध्येका एक रामबाबु गुरुङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “तराईको सौन्दर्य, संस्कृतिसँगै त्यहाँ भएको एउटा घटनाक्रमलाई हामीले चलचित्रको विषय बनाएका छौँ । यसलाई घटेका घटनाहरूबाट प्रेरित भएर तयार गरेका हौँ । विश्वभर महोत्सवमा सहभागी भएर रुचाइएको चलचित्र नेपाली दर्शकको प्राथमिकतामा पर्नेमा विश्वस्त छौँ ।” यो चलचित्र निर्माणमा भारतीय निर्देशक अनुराग कश्यप, निर्देशक रामबाबु गुरुङ, अभिनेता दयाहाङ राईले सहकार्य गर्नुभएको उहाँले बताउनुभयो ।  रासस