८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग

कोरोनाबिरुद्धको खोप र नेपालमा क्लिनिकल ट्र्यालबारे- डा. रवीन्द्र पाण्डे

कोरोनाबिरुद्धको खोप र नेपालमा क्लिनिकल ट्र्यालबारे- डा. रवीन्द्र पाण्डे
अ+ अ-

नेपाल स्वास्थ्य अनुसन्धान परिषदका अनुसार रुसको गेमेलियाले निर्माण गरेको खोप, अक्सफोर्ड युनिभर्सिटीले अनुसन्धान गरेको तथा एस्ट्राजेनेकाले निर्माण गरेको खोप तथा चीनको हङ सी कम्पनीले बिकास गरेको खोपलाई तेस्रो चरणको क्लिनिकल ट्र्यालको लागि इच्छा देखाएको बताएको छ ।
कर्तब्यनिष्ठ नागरिक तथा जनस्वास्थ्यकर्मी भएको नाताले मैले चीन, भारत, बेलायत, अमेरिका, रुस तथा युरोपियन युनियन अन्तर्गतका महामहिम राजदुतलाई नेपालमा तेस्रो चरणको क्लिनिकल ट्र्यालको लागि तथा नेपालमा ३ करोड खोप आबश्यकता रहेकोबारे अनुरोध गरेको थिएँ । त्यो अनुरोधको महत्व होला, नहोला तर मैले आफुले गर्नसक्ने प्रयास गरेको छु ।
हामीले के बुझ्नु जरुरी छ भने खोप निर्माणको पहिलो र दोस्रो चरणको विधिपूर्वक क्लिनिकल ट्रायल गरेर पियर रिभ्यु गरेका र बैज्ञानिक जर्नलमा अनुसन्धान प्रकाशित गरेका तथा तेस्रो चरणको क्लिनिकल ट्र्याल धेरै देश र संख्यामा गरिरहेका खोपलाई मात्र नेपालमा क्लिनिकल ट्र्याल गर्ने अनुमति दिनुपर्ने हुन्छ ।
अहिलेसम्म देखिएका खोपमध्ये विश्वस्त यी खोप देखिएका छन् –

१. अक्सफोर्ड युनिभर्सिटीले अनुसन्धान गरेको तथा एस्ट्राजेनेकाले बिकास गरिरहेको खोप ।
२. अमेरिकाको मोडेर्नाले बिकास गरेको खोप ।
३. अमेरिका र जर्मनीको संयुक्त प्रयासमा फाइजर कम्पनीले बिकास गरेको खोप 
४. चीनको कान्सिनो बायोलोजिक्सले बिकास गरेको खोप ।
५. चीनकै सिनोफार्म बायोटेकले बिकास गरेको खोप ।
६. भारतको कोभ्याक्सिन खोप ।
रुसको गेमेलिया इन्स्टिच्युटले बिकास गरेको खोप हतारमा गरेको, साइड इफेक्ट धेरै देखिएको, बैज्ञानिक जर्नलमा अनुसन्धान प्रकाशित नगरेको तथा तेस्रो चरणको क्लिनिकल ट्र्याल नगरेको हुँदा उक्त खोपबारे रुसका बैज्ञानिकहरुले समेत असहमति जनाएका छन् । हालै रुसले साइबेरियामा अवस्थित विश्वकै ठूलो भाइरस ल्याबमा अर्को खोपको पहिलो र दोस्रो चरणको क्लिनिकल ट्र्यालको नतिजा हेर्दैछ । त्यो नयाँ खोप पुरानो खोपभन्दा प्रभावकारी भएको र सुरक्षित भएको उक्त संस्थाले जनाएको छ । यो भनाइबाट के बुझिन्छ भने रुसले हतारमा घोषणा गरेको स्पुत्निक – भी भ्याक्सिन अपरिपक्व रहेको थियो वा अन्य उद्देश्यले प्रेरित थियो ।

हाललाई माथि उल्लेखित ६ वटा खोपलाई तेस्रो चरणको क्लिनिकल ट्र्यालको लागि अनुमति दिने, आमन्त्रण दिने तथा उचित ब्यबस्था गर्ने हो भने त्यसबाट हाम्रो देशले लाभ लिन सक्नेछ ।अपरिपक्व ढंगले खोप निर्माण गरेका तथा हरेक चरण पार नगरेका खोपको ट्र्यालमा सहभागी हुनु जोखिमपुर्ण हुन्छ । खोपले काम नगर्ने तर गम्भीर असर गर्ने वा महामारी नै फैलिने पनि सम्भावना हुन्छ । तसर्थ क्लिनिकल ट्र्याल गर्दा मिहिन अध्ययनबाट निर्णय गर्नु पर्दछ ।
त्यस्तै अल्पविकसित ९२ वटा राष्ट्रलाई निशुल्क वा एकदम सस्तो मुल्यमा खोप वितरण गर्ने GAVI ( Global Alliance of Vaccination & Immunization ) संग समेत नेपाल सरकारको उच्चस्तरबाट सम्पर्क र समन्वय गर्नु जरुरी छ । महामारी अवतरणको सबैभन्दा सुरक्षित र प्रभावकारी उपाय नै खोप हो ।