२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललिता निवास जग्गा प्रकरण: विशेषको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा



अ+ अ-

काठमाडौँ। ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा विशेष अदालतबाट भएको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ ।

अख्तियारले माघ २२ गते विशेष अदालतमा आरोपपत्र दायर गर्दा ११० जनालाई प्रतिवादी बनाएको थियो, जसमा प्रमुख आरोपित कलाधर देउजा पनि सामेल थिए। त्यस्तै, जग्गा जफत गर्ने उद्देश्यका लागि थप ६५ जनालाई प्रतिवादी बनाइएको थियो।

विशेष अदालतले २०८० फागुन ३ गते उक्त मुद्दामा सुनुवाइ गर्दै केही प्रतिवादीलाई सफाइ दिएको थियो भने केहीलाई आंशिक सफाइ दिएको थियो। यस निर्णयसँग असहमत हुँदै अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेको छ।

ललिता निवास जग्गा प्रकरणमा मुछिएका आरोपितहरुलाई कम सजाय गर्ने र कतिपयलाई सफाई दिने विशेष अदालतको फैसला त्रुटिपूर्ण रहेको अख्तियारको दावी रहेकाे छ  ।