२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु News Polar १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सकियो, अनुमोदनको निर्णय हुन बाकी News Polar प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता News Polar देशभर २४ घण्टामा १५ विपद्का घटना, १० घाइते News Polar जुम्लाका २२० नागरिकले घरमै पाए राहदानी News Polar विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा News Polar इन्डोनेसियाकी राजदूत लिस्टियोवातीद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar केन्द्रीय कार्यालयका लागि घर वा जग्गा खोज्दै रास्वपा, २१ दिनभित्र प्रस्ताव पेस गर्न आह्वान News Polar सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी, संघीयता कार्यान्वयन प्रभावकारी बनाउन माग News Polar सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयको पत्राचार News Polar निर्माण क्षेत्रमा बालश्रम रोकथाम र बालअधिकार संरक्षणमा जोड News Polar नेपालबाट बाहिरियो मनसुन, दशैंमा मौसम घमाइलो हुने पूर्वानुमान News Polar ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै News Polar दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन News Polar महङ्गीले खर्चिलो बन्दैछ दसैँ News Polar विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान News Polar संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित News Polar महाकाली नदीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारुको शव पाँच दिनपछि फेला News Polar जापानको पीआर त्यागेको प्रस्तावित राजदूत थापाको दाबी, स्वार्थ बाझिने काम नगर्ने प्रतिबद्धता News Polar पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला

टीकाथलीमा बोरिङ गर्ने क्रममा ग्यास ‘लिकेज’, स्थानीय जनता त्रसित

टीकाथलीमा बोरिङ गर्ने क्रममा ग्यास ‘लिकेज’, स्थानीय जनता त्रसित
अ अ+ अ-

ललितपुर। टीकाथली क्षेत्रमा बोरिङ गर्ने क्रममा ग्यास ‘लिकेज’ भएपछि स्थानीय जनता त्रसित भएका छन् । सो घटनापछि ग्यास अन्वेषण तथा भण्डारण, बस्ती व्यवस्थापनलगायत विषयमा स्थानीयवासी विचारविमर्श गरिरहेका छन् ।

महालक्ष्मी नगरपालिका–५, टीकाथलीस्थित बुजुर्ग खोला करिडोर क्षेत्रमा खानेपानीका लागि ‘बोरिङ’ गर्नेक्रममा ग्यास निस्केपछि यसै विषयमा केन्द्रित भई तर्कवितर्क सुरु हुन थालेको हो । स्थानीय बासिन्दा महेश महर्जन खानेपानीका लागि बोरिङ गर्ने सिलसिलामा करिब २७५ मिटर गहिराइमा पुगेपछि एक्कासी ग्यास लिकेज भई आगोको लप्का निस्केको घटनात्रलाई सामान्य रूपमा लिन नहुने बताउछन् ।

टीकाथली खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सदस्य राजेशकुमार राणाका अनुसार यसअघि पनि बोरिङ गर्नेक्रममा करिब १०० मिटर खन्दा ग्यास निस्केको घटनासमेतलाई दृष्टिगत गरी खानेपानीको अभाव रहेको टीकाथली क्षेत्रमा बोरिङमार्फत पानी निकाल्ने काम थप जटिल बनेकाले यसतर्फ जिम्मेवार निकायको ध्यान जान आवश्यक छ ।

सदस्य राणाले भने, “करिब ७०/८० वर्षअघि नेपाल र भारतबीच ग्यास प्लान्ट स्थापना गर्ने सन्दर्भमा सम्झौता भई ललितपुरको इमाडोल, टीकाथली र खरिबोट क्षेत्रमा भण्डारणका लागि जग्गा छुट्याइएको तर कार्यान्वयन नभएको भन्ने कुरा अग्रजहरूबाट सुनेका हौँ, तर अहिले अचम्मित हुनेगरी पानीका लागि जमिन खन्दा ग्यास पो निस्कन थाल्यो । पानीको समस्या झेलिरहेका यस क्षेत्रका जनता झन् त्रसित र अप्ठ्यारोमा परेका छन्, यसतर्फ सम्बन्धित पक्षले समयमै सोच्न जरुरी छ ।”

महालक्ष्मी नपा–५ को वडाअध्यक्ष कपिल केसीले भने, “मेरो स्थायी बसोबास रहेको टीकाथली क्षेत्रमा बोरिङ गरी खानेपानी निकाल्ने क्रममा करिब २७५ मिटर गहिरो खनेपछि अपेक्षा गरिएअनुसार नै पानी आउन थाल्यो । यसैबीच फलामको पाइप जडान गर्ने क्रममा ‘वाइरिङ’ गर्दा निस्केको आगोको सामान्य लप्कालाई अहिले बढाई चढाई समाजलाई त्रसित बनाउने काम भइरहेको छ ।

बाहिर आएको जस्तो नभई यो सामान्य घटना हो, कोही पनि त्रसित हुन आवश्यक छैन ।” महालक्ष्मी नगरपालिकाले स्थानीयवासीको मागलाई ध्यानमा राखी सो घटनाका सन्दर्भमा आवश्यक अध्ययन, अनुसन्धान गर्न खानी तथा भूगर्भ विभागलाई पत्रचार गरेको जनाएको छ । रासस