२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायक सुशान्त केसीले दिए बालेनलाई कन्सर्टमा आउन निम्तो



अ+ अ-

काठमाडौं। चर्चित गायक सुशान्त केसीले शनिबार भक्तपुरको सल्लाघारीमा हुने कन्सर्टकोमा काठमाडौँ महानगरका मेयर बालेन शाहलाई उपस्थित हुन निम्तो दिएका छन् ।

गायक सुशान्त केसीले बालेनसँगको भेटबारे सामाजिक संजालबाट जानकारी दिएका छन् । उनी लेख्छन्, ‘मेयर बालेन शाहसँग राम्रो कुराकानी । र्‍यापदेखि जिम्मेवारीसम्म । वास्तवमै लिजेन्ड । काठमाडौं कसरी अझ जीवन्त र सुन्दर शहरमा विकसित हुँदैछ भनेर प्रशंसा गर्न पाउँदा सम्मानित महसुस भयो । आशा छ त्यहाँ भेट्नेछु ।’  बालेनलाई निम्तो दिएको र उनी कन्सर्टमा सहभागि हुने आशा आफूले राखेको सुशान्तले जनाएका छन् ।

यो प्रतीक्षित कन्सर्टको लागि सुशान्त यतिबेला तयारीमा जुटेका छन् । १५ हजारभन्दा धेरै दर्शक सहभागि हुने बताइएको यो कन्सर्टमा अन्य चर्चित व्यक्तिहरूलाई पनि उपस्थित गराउने कसरत केसीले गरिरहेका छन् । पछिल्लोपटक फिल्म ‘लाज शरणम्’को शीर्षगीत पनि गाएका थिए  ।