५ असार २०८३, शुक्रबार
,
Latest
किस्पाङ प्रतिभाको खोजीः वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने आजको मौसमः हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना कामपामा आगामी आवका लागि बहाल करको दर हेरफेर ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो सडक दुर्घटनामा कमी ल्याउन प्रदेश सरकार प्रयासरत छ : मुख्यमन्त्री यादव नेपालगन्जमा दुई चिकित्सकसहित पाँच पक्राउ यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फिफा विश्वकप फुटबल: क्यानडाद्वारा कतारमाथि ६-० को फराकिलो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिराटनगरमा कोरोना संक्रमित ४४ वर्षीया महिलाको मृत्यु



अ+ अ-

बिराटनगर । कोरोना संक्रमणबाट बिराटनगरमा ४४ वर्षीया महिलाको मृत्यु भएको छ । बिराटनगर महानगरपालिका–११ मा बस्दै आएकी महिलाको विराट मेडिकल कलेजमा मृत्यु भएको हो ।मंगलबार दिउँसो भर्ना भएकी महिलाको उपचारका क्रममा राति ८ बजे मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख सुधीर सिंह राठौरले जानकारी दिए । संक्रमित महिलालाई श्वासप्रश्वासमा समस्या देखिएको थियो । विराटनगर–१५ मिल्स एरिया घर भएकी महिला बिराटनगर–११ मा बस्दै आएकी थिइन् ।

उनको मंगलबार बेलुका कोशी अस्पतालमा जाँच गर्दा कोरोना पोजेटिभ देखिएको थियो । संक्रमित महिलामा निमोनिया पनि देखिएको अस्पतालले जनाएको छ ।

महिलाको मृत्युसँगै कोरोनाका कारण हालसम्म बिराटनगरका ११ जनाले ज्यान गुमाइसकेका छन् । मृत्यु हुनेमा दुई महिला र नौ पुरुष छन् ।