८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

सचेत भएर परम्पराहरुको निरन्तरता दिनुपर्छ –प्रधानमन्त्री केपी शर्मा ओली

सचेत भएर परम्पराहरुको निरन्तरता दिनुपर्छ –प्रधानमन्त्री केपी शर्मा ओली
अ+ अ-

प्रधानमन्त्री केपी शर्मा ओलीले जीवन रक्षाका निम्ति सचेत भएर परम्पराहरुको  निरन्तरतामा अग्रसर रहन  आग्रह  गर्नुभएको छ ।   सुदूरपश्चिम प्रदेशमा विशेष रुपमा मनाइने गौरा पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना ब्यक्त गर्दे प्रधानमन्त्री  ओलीले यस्तो आग्रह गर्नुभएको हो ।

प्रधानमन्त्रीले महामारीका रुपमा फैलिएको कोभिड–१९ को यस प्रतिकूल अवस्थामा गौरा लगायतका चाडपर्वहरु सुरक्षित तवरमा मनाउन विशेष ध्यान दिनु  समेत आग्रह गर्नुभएको छ ।  
प्रधानमन्त्रीले यस निम्ति सजग हुँदै विशेषज्ञ र चिकित्सहरुको सल्लाह र एवं सरकारको निर्देशन अनुसार सामाजिक ब्यवहार गरेर सर्वाेपरी रुपमा महामारीबाट जोगिन सबैमा आग्रह समेत गर्नुभएको छ । सन्देशमा गौरा पर्व हाम्रो देशको सुदूरपश्चिम प्रदेशको विशिष्ट साँस्कृतिक पर्व भएको स्मरण गर्दे  प्राचीन कालदेखि नै मनाइँदै आएको यस पर्वले पारिवार र समुदायको जीवनमा परस्पर एकता र विश्वास विस्तार गर्दै आएको उल्लेख गर्नुभएको छ ।

उहाले साँस्कृतिक विविधतायुक्त हाम्रो देशमा यस्ता पर्वहरु परस्पर एकाताका प्रतीक रहँदै आएका जनाउदै महिलालाई जन्मस्रोतकी देवीका रुपमा पूजन गर्ने हाम्रो सँस्कृतिमा स्थान अनुसार विभिन्न नामबाट तिनको सम्मान गर्ने विशिष्ट परम्पराको एक आयाम गौरा पर्व भएको जनाउनु भएको छ । 

हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक र बहुधार्मिक विशेषतायुक्त छ । विविधता बीचको एकता र सामाजिक सहिष्णुता हाम्रो मौलिक विशेषता रहेको र यस विशेषतालाई थप अनुशरण गर्दै मुलुकको विकास र समृद्धि तर्फ अग्रसर हुन यस अवसरमा  प्रधानमन्त्रीले सबैमा हार्दिक आह्वान  समेत गर्नुभएको छ ।