२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘शैक्षिक क्षेत्र सुधारका लागि नयाँ शिक्षा ऐन आवश्यक’



अ+ अ-

काठमाडौँ। उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले शैक्षिक क्षेत्र सुधारका लागि नयाँ शिक्षा ऐन आवश्यक रहेको बताएका छन् ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन बैतडीको १८औँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै मन्त्री भण्डारीले समग्र शैक्षिक क्षेत्रको विकासका लागि नयाँ शिक्षा ऐन ल्याइन लागिएको बताए । उनले भने “नयाँ शिक्षा ऐन चाँडै आउनेछ, सबै शिक्षकहरूका मागलाई अधिकतम रूपमा सम्बोधन गर्ने र शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्ने हिसाबले सरकारले उक्त ऐन ल्याउन लागेको हो ।”

शिक्षकहरूका तर्फबाट व्यक्त भएका मागलाई ऐनले सम्बोधन गर्ने दाबी गर्दै उनले यसको लागि सरकार लागिपरेको जानकारी दिए। यसका साथै राष्ट्रिय आवश्यकताका आधारमा अहिले एमाले र कांग्रेस मिलेर सरकार निर्माण गरिएको बताउँदै उनले अध्यादेशमार्फत ल्याएका कानुन अहिलेको आवश्यकता भएकाले संसद्बाट पारित गर्नुपर्नेमा जोड दिए ।

यस्तै, देशको अर्थतन्त्र सुधारका लागि सबै पक्ष एक भएर अघि बढ्नुपर्नेमा जोड दिँदै उनले अर्थतन्त्रमा सुधार आएमात्र देशको समग्र विकास हुने बताए । रासस