४ पुष २०८२, शुक्रबार
,
Latest
चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदैः रास्वपा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्रीको घोषणा एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी छ–ओली रवि लामिछाने चितवनमा, स्थलमार्ग हुँदै भैरहवातर्फ प्रस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूकम्पबाट दुई घरमा क्षति



अ+ अ-

सङ्खुवासभा। आज बिहान गएको भूकम्पले यहाँको भोटखोला गाउँपालिका र पाँचखपन नगरपालिकामा दुई घर भत्किएका छन् ।

भोटखोलामा एक र पाँचखपनमा एक घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।सिन्धुपाल्चोकको भैरबकुण्ड आसपास केन्द्रबिन्दु भएर बिहान २ः५१ बजे गएको ६.१ म्याग्निच्युडको भूकम्पले भोटखोला–१ किमाथाङ्काका फुर्पुनावा भोटे र पाँचखपन नगरपालिका–१ नागीडाँडाका लाक्पा दोर्जेको घरमा क्षति पुगेको प्रनाउ बस्नेतले बताए ।

नावा भोटेको दुईतले टिनको छानो भएको घरमा आंशिक क्षति पुगेको छ । त्यसैगरी लाक्पाको ढुङ्गा माटोले बनेको दुईतले घर चिरा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सदरमुकाम खाँदबारी आसपासका क्षेत्रमा भूकम्पको ठूलो धक्का महसुस गरिएको थियो । गत पुस २३ गते चीन प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर सात रेक्टर स्केलको भूकम्प जाँदा किमाथाङ्कामा एक घरमा क्षति पुगेको थियो ।