४ पुष २०८२, शुक्रबार
,
Latest
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्रीको घोषणा एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी छ–ओली रवि लामिछाने चितवनमा, स्थलमार्ग हुँदै भैरहवातर्फ प्रस्थान अनलाइन घोटालाविरुद्ध वैश्विक पहल कांग्रेस अर्घाखाँचीद्वारा प्रत्यक्षतर्फ आठ जनाको नाम सिफरिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

बौद्ध सर्किट प्रवर्द्धन गर्न ‘बुद्ध ज्ञान साइकलयात्रा’



अ+ अ-

रूपन्देही। गौतमबुद्धको जन्मस्थल लुम्बिनीसहित बौद्ध सर्किटहरूको प्रवर्द्धन गर्ने उद्देश्यले भैरहवाबाट दुईदिने ‘बुद्ध ज्ञान साइकल यात्रा’ सुरू गरिएको छ । साइकल सिटीको आयोजनामा सुरू भएको यो यात्रा दोस्रो संस्करण हो ।

एक सय १५ जना साइकल चालकसहित भैरहवाको बुद्धचोकबाट सुरू भएको यो यात्रा पहिलो दिन शुक्रबार रोहिणी नदी हुँदै नवलपरासीको रामग्राम, पण्डितपुर, रूपन्देहीको भवानीपुर, जितगढी किल्ला हुदै पुनः भैरहवा आइपुग्ने छ । दोस्रो दिन शनिबार भैरहवाबाट नै यात्रा सुरू गरी टिकुलीगढ, शुद्धोधन हुँदै कपिलवस्तुको जितपुरबाट जगदीशपुर ताल, तिलौराकोट, गोटिहवा, कुदान, तौलिहवा हुदै लुम्बिनी पुगि समापन हुनेछ ।

साइकलयात्रामा विश्व साइकलयात्री पुष्कर शाहसँगै भारत र बेल्जियमका साइकल चालकसँगै नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका साइकलयात्री सहभागी रहेको भैरहवास्थित साइकल सिटीका अध्यक्ष सूर्यकुमार सारूमगरले जानकारी दिनुभयो । यात्रामा भारत देहरादूनका बृद्ध साइक्लिष्ट दम्पतीसमेत सहभागी भएको उहाँले बताउनुभयो । सहभागीमध्ये देहरादूनका ७५ वर्षीय कमलजित धिमान र ७२ वर्षीय विष्हु धिमान दम्पती हुनुहुन्छ । यसबाहेक यात्रामा आठ वर्षीय क्रिष्टोफर श्रेष्ठ, १२ वर्षीय अस्विनी खरेल पनि सहभागी हुनुहुन्छ ।

बहत्तर वर्षीय साइकलयात्राी विष्हु धिमानले आफू दोस्रोपटक भैरहवाबाट सुरू हुने यो यात्रामा सहभागी भएको बताउनुभयो । “गत वर्ष आउँदा नेपालमा हाम्रो गजबको स्वागत भयो, नेपाललाई भगवान्ले नै सुन्दर बनाउनुभएको छ र मलाई लाग्छ कि पर्यटनका लागि साइकल यहाँ उचित साधन हुनसक्छ”, उहाँले भन्नुभयो, “नेपाल साइकल चालकहरूका लागि सर्वोत्कृष्ट गन्तव्य हो किनकि यहाँ प्रकृतिको विविधता छ ।”

गत वर्ष राम्रो अनुभव भएको कारण यस वर्ष देहरादूनका अन्य साइकलयात्रीसँगै सहभागी भएको उहाँको भनाइ छ । यात्राले बौद्ध सर्किटसँग जोडिएका क्षेत्रमात्र नभए प्रचारमा आउन नसकेका रोहिणी खोला, पाकडी वृक्ष, जितगढी किल्लालगायत अन्य बौद्धकालीन सम्पदाको प्रवर्द्धन हुने आयोजकको अपेक्षा छ ।

यात्रामा सहभागी विश्व साइकलयात्री पुष्कर शाहले यो साइललयात्राले बौद्धकालीन समयमा रहेका बुद्धका जन्म, मावली ससुरालीलगायत बुद्ध हिँडनु भएको पाइलापछ्याउँदै साइकलयात्री पनि हिँडने बताउनुभयो । उहाँले भन्नुभयो, “यसले देश तथा विदेशमा साइकलयात्रामार्फत पनि बुद्धको बाटोमा हिँड्न सकिन्छ भन्ने सन्देश संसारभरि फैलाउन सहयोग गर्नेछ ।”

भैरहवाको बुद्धचोकबाट सुरू भएको बुद्ध ज्ञान साइकल यात्रालाई उद्योग वाणिज्य महासङ्घका अध्यक्ष कृष्णकुमार शर्मा, सिद्धार्थ उद्योग वबणिज्य सङ्घका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले ‘फ्ल्याग अफ’ गरि सुरू गर्नुभएको थियो ।




भर्खरै