४ पुष २०८२, शुक्रबार
,
Latest
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्रीको घोषणा एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी छ–ओली रवि लामिछाने चितवनमा, स्थलमार्ग हुँदै भैरहवातर्फ प्रस्थान अनलाइन घोटालाविरुद्ध वैश्विक पहल कांग्रेस अर्घाखाँचीद्वारा प्रत्यक्षतर्फ आठ जनाको नाम सिफरिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘संस्कृत भाषा हटाएपछि मौलिक संस्कृतिमाथि आक्रमण’



अ+ अ-

काठमाडौँ। नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा धनेश्वर नेपालले विद्यालय तहमा पढाइ हुने संस्कृत भाषा हटाएपछि मौलिक संस्कृतिमाथि आक्रमण सुरु भएको बताउनुभएको छ ।

महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा आयोजित ‘वैदिक वाङ्मयमा भक्तिमार्ग’ विषयक अन्तर गुरुकूल विद्यालयस्तरीय विचार मन्थन प्रतियोगिताका विजयीलाई पुरस्कार एवं प्रमाण पत्र वितरण गर्दै उहाँले संस्कृतिको मूल संस्कृत भाषा भएको बताउनुभयो । मूललाई नाश गरेपछि त्यसको शाखाका रुपमा रहेको मौलिक संस्कृतिमाथि पनि निरन्तर आक्रमण भइरहेको उपकुलपति नेपालले सुनाउनुभयो ।

विश्वविद्यालयबाट उत्तरमध्यमा तह हटाएपछि विद्यार्थी कम हुन थालेको उल्लेख गर्दै उहाँले गुरुकूललाई प्रवर्द्धन गरेर जाने नीतिमा विश्वविद्यालय लागेको जानकारी गराउनुभयो ।  संस्कृतभित्र रहेका प्राविधिक विषय आयुर्वेद, योग, प्राकृतिक चिकित्सा, वास्तु, कर्मकाण्डजस्ता विषयलाई प्रवर्द्धन गर्ने नीति रहेको जानकारी पनि कार्यक्रममा उहाँले गराउनुभयो ।

प्रतियोगितामा संस्कृत माध्यमिक विद्यालय रानीपोखरीका विजय तिमल्सिना पहिलो, सोही विद्यालयका हेमन्त भट्ट दोस्रो, कान्तिभैरव गुरुकुल गोकर्णका नवीन रेग्मी तेस्रो, नैमिषारण्य गुरुकुल बनेपा, काभ्रेपलाञ्चोकका प्रणव ढुङ्गेल र जगद्गुरु गुरुकूल शङ्खमूलका आशीष रम्तेलले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।

पहिलोलाई रु १० हजार, दोस्रोलाई रु सात हजार, तेस्रोलाई रु पाँच हजार र सान्त्वना स्थान प्राप्त गर्नेलाई रु तीन/तीन हजार नगदसहित प्रमाण पत्र प्रदान गरिएको थियो । रासस




भर्खरै