काठमाडौँ। परराष्ट्रमन्त्री डाक्टर आरजु राणा देउवाले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाईका लागि सक्दो प्रयास भइरहेको बताएकी छिन् ।
शुक्रबार जेनेभा भ्रमणबाट स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा संचारकर्मीको प्रश्नमा उनले नेपालले विपिन जोशीको रिहाइका लागि कुटनीतिक नियोगबाट पहल गरिरहेकोे जवाफ दिइन् ।
जेनेभामा आयोजित संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको ५८ औँ उच्चस्तरीय सत्रमा नेपालले मानवअधिकार परिषदको सन् २०२७ देखि २९ सम्मको सदस्यताका लागि उम्मेदवारी पेश गरेको पनि उनले जानकारी गराइन् ।
एक सयभन्दा बढी देशका राष्ट्रसंघीय स्थायी नियोगप्रमुख तथा राजदूत र विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधि उपस्थित समारोहमा नेपालले मानव अधिकार सम्बन्धी रिपोर्ट पेश गरेको र सहयोग गर्न विश्व समूदायलाई आगह गरिएको राणाले उल्लेख गरिन् ।









