१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपिन जोशीको रिहाईका लागि सक्दो प्रयास भइरहेको छ -परराष्ट्रमन्त्री राणा



अ+ अ-

काठमाडौँ। परराष्ट्रमन्त्री डाक्टर आरजु राणा देउवाले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाईका लागि सक्दो प्रयास भइरहेको बताएकी छिन् ।

शुक्रबार जेनेभा भ्रमणबाट स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा संचारकर्मीको प्रश्नमा उनले नेपालले विपिन जोशीको रिहाइका लागि कुटनीतिक नियोगबाट पहल गरिरहेकोे जवाफ दिइन् ।

जेनेभामा आयोजित संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको ५८ औँ उच्चस्तरीय सत्रमा नेपालले मानवअधिकार परिषदको सन् २०२७ देखि २९ सम्मको सदस्यताका लागि उम्मेदवारी पेश गरेको पनि उनले जानकारी गराइन् ।

एक सयभन्दा बढी देशका राष्ट्रसंघीय स्थायी नियोगप्रमुख तथा राजदूत र विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधि उपस्थित समारोहमा नेपालले मानव अधिकार सम्बन्धी रिपोर्ट पेश गरेको र सहयोग गर्न विश्व समूदायलाई आगह गरिएको राणाले उल्लेख गरिन् ।