९ श्रावण २०८३, शनिबार
,
Latest
शिक्षामन्त्री प्रधानको राजीनामापछि सीजेपी आन्दोलनबाट फिर्ता अनाथ बाँदर ‘पन्च’लाई जन्मदिनको शुभकामना ! काठमाडौँको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला तेक्वान्दो खेलाडी वैभवीलाई चीनमा स्वर्णसहित दुई पदक माटोको उर्वरा शक्तिमा सुधार ल्याउन प्राङ्गारिक मल प्रयोग गरौँः मन्त्री चौधरी छिन्नलता पुरस्कारबाट वरिष्ठ गायक श्रेष्ठसहित पाँच स्रष्टा पुरस्कृत गण्डकी प्रदेश प्रमुखद्वारा गाँजाखेतीसम्बन्धी विधेयक प्रदेशसभामा फिर्ता सरकारले तोकेको मापदण्ड पालन गर्न मासु व्यवसायीलाई आग्रह घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ भरतपुर अस्पतालद्वारा एक वर्षमा तीन हजार युनिट रगत सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सञ्जालको प्रयोग मर्यादित हुनुपर्छः सञ्चारमन्त्री गुरूङ



अ+ अ-

गण्डकी। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित र मर्यादित बनाउनुपर्ने बताउनुभएको छ ।

बुकवर्म फाउण्डेशनको आयोजनामा आजदेखि पोखरामा सुरू भएको १२औँ नेपाल साहित्य महोत्सवको ‘सञ्चार संवाद’ सत्रमा उहाँले सामाजिक सञ्जाल सञ्चालन र प्रयोग यसलाई नियमन गर्न जरूरी रहेको बताउनुभयो ।

“सरकारले सामाजिक सञ्जालमा बढ्दो अराजकता र छाडापनलाई रोक्न विधेयक अगाडि बढाएको हो”, उहाँले भन्नुभयो, “सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्दन ।” सञ्चारमन्त्री गुरूङले सामाजिक सञ्जाल नेपालमा दर्ता नभई चलेकाले तिनलाई दर्ता प्रक्रियामा ल्याउन लागिएको बताउनुभयो ।

सूचनाको हक र अभिव्यक्ति स्वतन्त्रताको हकको रक्षाका लागि सरकार प्रतिबद्ध रहेको जनाउँदै उहाँले अराजकता र अनुशासनहीनता स्वीकार गर्न नसकिने बताउनुभयो । “सामाजिक सञ्जाललाई नियन्त्रण नभई नियमन गर्न खोजिएको हो, सभ्य र मर्यादित रूपमा यसको प्रयोग होस्”, उहाँले भन्नुभयो, “सामाजिक सञ्जालमार्फत सामाजिक सद्भाव र सहिष्णुता खल्बलिने वातावरण कदापि बन्नुहुँदैन, सरकारले त्यसो हुन दिँदैन ।”रासस