२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाशिवरात्रि सकिएसँगै पशुपति क्षेत्रमा सफाइ सुरु



अ+ अ-

काठमाडौँ। महाशिवरात्रि पर्व सम्पन्न भएसँगै पशुपति क्षेत्रमा सफाइ सुरु गरिएको छ । महाशिवरात्रिका अवसरमा जम्मा भएका भक्तजनका कारण थुप्रिएको फोहर पशुपति क्षेत्र विकास कोषले आजदेखि उठाउन थालेको हो ।

केही दिनमा सफाइ गरिसकिने कोषका सदस्य सचिव डा मिलनकुमार थापाले जानकारी दिनुभयो । महाशिवरात्रि सम्पन्न भए पनि आजसमेत पशुपति क्षेत्रमा भक्तजनको भीड लागेको थियो । महाशिवरात्रिमा मन्दिरभित्र दर्शन गर्न नपाएका भक्तजन आज पशुपतिनाथ पुगेका थिए । पशुपतिनाथमा आजसम्म साधुसन्तको चहलपहल छ ।

आज बेलुकीसम्म पशुपति क्षेत्र विकास कोष र गुठी संस्थानलगायत सङ्घ संस्थाले साधुसन्तका लागि खाने, बस्ने र धुनी जगाउने व्यवस्था गरेका छन् । शुक्रबार बिहान ११ बजेदेखि साधुसन्तलाई दक्षिणा दिएर बिदाइ गरिने कोषका प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिए ।

साधुसन्तलाई गच्छेअनुसार दक्षिणा दिइने उहाँले बताउनुभयो । कोष र संस्थानले पनि साधुसन्तलाई अलग अलग दक्षिणाको व्यवस्था गर्ने जनाइएको छ ।रासस