१३ भाद्र २०८३, शनिबार
,
Latest
लाइन काटेर दुई करोडभन्दा बढी विद्युत् बक्यौता असुल सरकारद्वारा बाढी प्रभावित स्थानीय तहलाई पौने सात करोड निकासा विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट उद्धार गर्न सुरु भाद्र कृष्ण प्रतिपदा: गाईजात्रा पर्व मनाइँदै भोटेकोशी बाढी : शव व्यवस्थापन गर्न समस्या कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

किसानकै पक्षमा काम गरिरहेका छौँ- कृषि मन्त्री रामनाथ अधिकारी



अ+ अ-

काठमाडौँ। कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले मन्त्रालयले किसानकै पक्षमा काम गरिरहेको बताए ।

युवा किसान सञ्जालले आज यहाँ आयोजना गरेको किसान सम्मान एवं अन्तरक्रिया कार्यक्रममा मन्त्री अधिकारीले आफुले मन्त्रालयको नेतृत्व सम्हालेको आठ महिनामा भएका कार्य समग्र कृषि र किसानको पक्षमा भएको बताए । अझै थुप्रै कामहरु गर्न वाँकी रहेकाले सकारात्मक प्रतिफल देखिँदै जाने उनको भनाइ थियो ।

कृषि विधेयक चाँडै अघि बढाउने गरी मन्त्रालयले काम गरिरहेको जानकारी उनले दिए । विधेयक चाँडै मन्त्रिपरिषद हुँदै संसद्मा पुग्न लागेको र कृषिमार्फत गरिबी घटाउँदैै कम्तीमा आफ्नै हैसियतमा बाँच्न सक्ने अवस्थामा पुर्याउने लक्ष्य ऐनले बोकेको मन्त्री अधिकारीले बताए ।

किसानलाई परिचय पत्र वितरण यसै वर्षदेखि सुरु गर्न लागेको बताउँदै उनले प्रधानमन्त्रीबाट परिचयपत्र वितरण सुरुवात गर्ने तयारी भएको बताए । मन्त्री अधिकारीले कृषि मन्त्रालयमार्फत विगत पाँच वर्ष यता अनुदान लिएकाको नाम सार्वजनिक गरिएको बताउँदै कृषि र किसानका नाममा रु एक खर्ब सात अर्ब वितरण भएकाले यसको उपलब्धि खोज्ने काम भएको बताए ।